शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

२० वर्ष कैद सजाय पाएका युवक भक्तपुरबाट पक्राउ

आइतबार, २५ असोज २०७७, १८ : ४२
आइतबार, २५ असोज २०७७

काठमाडौँ । प्रहरीले अदालतबाट २० वर्ष कैद सजायको फैसला भएपनि कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका–४ बस्ने २२ वर्षीय सुवास सुनार रहेका छन् । 

सुनारलाई इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवि पौडेलले जानकारी दिए । 

पक्राउ परेका सुनारमाथि २०६९ साल कात्तिक ८ गते साविक चलालगणेशस्थान–२ का १८ वर्षीय एन्जल तामाङलाई कर्तव्य गरी मारेको अभियोग रहेको छ । उनलाई २०७४ असार १४ गते जिल्ला अदालत काभ्रेले २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । 

सुनारलाई कैद भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिम्लिसनाले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप