शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली बजारमा डाट्सनले भित्र्यायो, अल न्यु रेडी गो गाडी

आइतबार, २५ असोज २०७७, १६ : ४८
आइतबार, २५ असोज २०७७

काठमाडौं । डाट्सनले आफ्नो नयाँ गाडी रेडी–गो नेपाली बजारमा भित्र्याएको छ । रेडी–गो गाडी स्पोर्टी तथा प्रोग्रेसिभ गाडीमा विभिन्न प्रिमियम एवम् फिचरहरु रहेका छन्  । यसले बोल्ड तथा नवीनस्तरमा पुर्याउने विश्वास कम्पनीले लिएको छ । हेचब्याकको स्लिक एवम् बोल्ड लुक्सको साथ पूूर्ण क्रोम सराउन्डको साथ यसलाई परिभाषित गरिएको छ । 

निशान इन्डिया अपरेसनका अध्यक्ष सिनान् ओजक्कोककाअनुसार नयाँ डाट्सन रेडी–गो स्ट्रङ भ्याल्यू पोजिसनको साथ उच्च गुणस्तरीय उत्पादन हो । यो जापानीज प्रविधिद्वारा निर्माण गरिएको हो ।  यसमा सेगमेन्ट लिडिङ्ग सुविधाहरु विद्यमान् रहेका छन् । यसमा भएका सुविधा एवं विशेषताहरुले आजका युवा वर्गका अधिकांश आवश्यकताहरुलाई सहजै पूरा गर्नेछ । ‘हामीले डाट्सनको भ्यालु पोजिसनलाई अझै विस्तारित गरी प्रोग्रेसिभ मोविलिटीलाई बढाउँदै गइरहेका छौं ’ ओजक्कोकले भने । 

यस्ता छन् विशेषता 

हेचब्याकमा १८७ एमएम को सेगमेन्ट लिडिङ्ग ग्राउण्ड क्लियरेन्स तथा क्लास लिडिङ्ग रियर नि रुम कम्फर्टले (सेडानको जत्तिकै सुविधा) उत्कृष्ट सुविधा प्रदान गर्दछ । यस गाडीमा आरामदायी एवं ड्राइभ अनुभव गर्न सकिन्छ । नेपाली सडकहरुलाई सुहाउने किसिमले तयार पारिएको हुँदा यो गाडी हरेक दृष्टिकोणले यात्रामैत्री छ । 

नयाँ रेडी–गोमा वेस्ट इन क्लास फिचरहरु रहेका छन्ः यसमा ८ इन्चको टच स्क्रिन, एडभान्स एण्ड्रोइड तथा एप्पल कार प्लेमार्फत् सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । प्रिमियम गन मेटल फिनिसिङ्गको साथ अनबोर्ड एक ड्युल टोन  इन्स्टुमेन्ट प्यानल पनि रहेको छ । 

यस कारमा यो सेगमेन्टकै उच्चस्तरीय सुरक्षाका उपायहरु समावेश गरिएको छ । ठूलो दुर्घटनाबाट बच्नेगरी बढी स्टक्चर राखिएको छ, जसले यात्रुलाई अगाडिबाट हुने चोटबाट बचाउँदछ । त्यस्तै यसमा साइट इम्पेक्ट पेडेस्ट्रियन प्रोटेक्सन कम्प्लान्ट, रेक्ट्य्राक्टिभ फङ्सनको साथ रियर सिट वेल्ट, डुअल एयर ब्याग तथा प्रोजेक्सन गाइडको साथै रियर भ्यू क्यामरा पनि रहेको छ । 

चाडबाडको मौसममा नयाँ रेडी–गो १.० एल म्यान्युअल ट्रान्समिसन उपलब्ध हुनेछ ।  त्यसैगरी अन्य ०.८ एल म्यान्युअल ट्रान्समिसनको डि, ए, ६ तथा टि (ओ) तथा १.० एल पनि उपलब्ध रहेका छन् । त्यसैगरी स्मार्ट ड्राइभ अटोको भेरियन्ट पनि छिट्टै उपलब्ध हुनेछ । 

नयाँ रेडी–गो दुई नयाँ रंगको साथ जम्मा छ वटा रंगहरुमा उपलब्ध रहेको छ । स्यान्डस्टोन ब्राउन (नयाँ) भिभिड ब्लु (नयाँ), ब्लेड सिल्भर, ब्रोन्ज ग्रे, ओपल ह्वाइट तथा फायर रेडमा यो गाडी उपलब्ध रहेको छ ।  डाट्सनले १ वर्षको वा २० हजार  किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गरेको छ  । 
यो प्रवद्र्धनात्मक अवधिमा खरिद गर्नुहुने ग्राहकहरुका लागि भने विना अतिरिक्त शुल्क तीन वर्ष वा ३० हजार  किलोमिटरसम्म वारेन्टी प्राप्त हुनेछ । त्यसैगरी खरिद कर्ताले चालू आ.व. को सवारी कर तथा काठमाडौं उपत्यकाभित्र रोडसाइट सेवा पनि प्राप्त गर्नेछन् । 

नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले नेपाली बजारमा विश्वको तेस्रो ठूलो ब्राण्ड निशान तथा इन्फिनिटि जस्ता गाडीहरु विक्री वितरण गर्दै आइरहेको छ । सन् २०१२ मार्च देखि डाट्सनले विस्तारित बजारमा आफ्ना विभिन्न मोडलहरु उपलब्ध गराउँदै आएको छ । ८० वर्षभन्दा लामो इतिहास बोकेको डाट्सन गाडी जापानिज प्रविधियुक्त गाडी हो र यो निशानको एक हिस्सा पनि बनेको छ । डाट्सन गाडी भारत, इन्डोनेसिया, रसिया तथा साउथ अफ्रिका जस्ता देशहरुमा सर्वाधिक लोकप्रिय बन्दै आएको छ । 

यो करिव एकसय वर्ष अगाडि १९१४ मा जापानमा स्थापना भएको थियो ।  DAT को शाब्दिक अर्थ जापानिजमा शीघ्र रुपमा चम्कनु भन्ने हुन्छ । यसको पहिलो अक्षरले तीनजना वित्तियकर्ताहरुको थरबाट नाम राखिएको हो । डेन (Den), आयोमा (Aoyama) तथा ताकेयुची (Takeuchi) को पहिलो अक्षर मिलाएर बनाइएको हो भने यही अक्षरहरुको संयोजनमा Durable, Attractive तथा Trustworthy का ३ वटा विशेषताहरुको छोटोकरीको रुपमा पनि लिइएको छ । सन् १९३३ मा निशान गाडीका मालिक योशिशुके आइकावीले मोबिलिटी फर अल भन्ने मान्यताका साथ आफ्नो व्यापार समालेपछि सस्तो एवं बलियो गाडीहरुको निर्माण गर्न थालियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप