बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्याजको बोक्रामा लुकेको छ स्वास्थ्य र सौन्दर्यका यी पाँच राज

आइतबार, २५ असोज २०७७, १४ : ०८
आइतबार, २५ असोज २०७७

थुप्रै अनुसन्धानले बताए अनुसार प्याजको बोक्रा एन्टिअक्सिडेन्ट, फाइबर, भिटामिन ए, सी, इ र मुटुलाई फाइदा पुर्याउने फ्लेभोनोइड्सले भरपुर हुन्छ । प्याजको बोक्राले रोग प्रतिरोधी क्षमता विकास गर्ने, मुटुलाई स्वस्थ राख्ने र रगतमा चिनिको स्तरलाई नियन्त्रणमा राख्ने काम गर्छ ।

भारतकी न्यूट्रिसनिष्ट र म्याक्रोबायोटिक्स हेल्थ कोच शिल्पा अरोरा भन्छिन्, ‘साधारणतया सबै फलफूल र सागसब्जीको बोक्रामा अत्यधिक मात्रामा पौष्टिक तत्व पाइन्छ । प्याजको बोक्राका पनि विभिन्न फाइदा छन् । तर यदि तपाईं आफ्नो खानामा प्याज प्रयोग गर्न चाहनुहुन्छ भने प्याज कीटनाशक र रासायनिक उपचार नगरिएको अर्गानिक होस् भन्ने कुराको सुनिश्चितता गर्नुहोस् ।’

प्याजको प्रयोग गनुअघि तपाईं त्यसको बोक्रा निकालेर फ्याँक्नुहुन्छ  भने प्याजको बोक्रामा लुकेको स्वास्थ्य र सौन्दर्यका यी पाँच राज थाहा पाएपछि तपाईं यसलाई फ्याँक्न बिर्सनुहुनेछ ।

 १. ब्याड कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्छः

यसका लागि प्याजको बोक्रालाई रातभरी पानीमा भिजाएर राख्नुपर्ने हुन्छ र बिहान उठेर यो पानी पिउनुपर्नेछ । यसको स्वाद तपाईंलाई पक्कै पनि मिठो लाग्दैन त्यसैले यसमा मह मिसाएर पिउन सक्नुहुन्छ । दैनिक यसको सेवनले तपाईंले केही दिनभित्रै फरक महसुस गर्नुहुनेछ ।

 २. छालालाई एलर्जीबाट राहत दिलाउँछः

यदि तपाईंको छालामा कुनै कुराको एलर्जी छ भने माथि बताइएका विधिबाट प्याजको बोक्राको पानी बनाउनुहोस् । अब यो पानीले दैनिक आफ्नो छाला सफा गर्नुहोस् ।

 ३. कपाललाई सुन्दर बनाउँछः

तपाईं कपाललाई चम्किलो बनाउनका लागि विभिन्न प्रकारको कन्डिशनर प्रयोग गर्नुहुन्छ भने तपाईं प्याजको बोक्राको पानी पनि प्रयोग गरेर हेर्नुहोस् । यसले कपाललाई मुलायम र चम्किलो बनाउनेछ ।

४. अनुहारको दाग धब्बा हटाउँछः

अनुहारको दाग धब्बाबाट छुटकारा पाउनका लाग प्याजको रसयुक्त बोक्राको प्रयोग गर्नुहोस् । यसका लागि प्याजको बोक्रामा बेसार मिसाएर दाग धब्बा भएको स्थानमा लगाउनुहोस् । चाँडै नै फरक देख्नुहुनेछ ।

५. घाँटीको समस्यालाई ठिक गर्छः

कहिलेकाँही तपाईंको घाँटीमा समस्या देखिएको खण्डमा प्याजको बोक्रालाई तातो पानीमा उमाल्नुहोस् र त्यसपछि यो पानी पिउनुहोस् । घाँटी सम्बन्धि समस्यामा प्याजको यो अचम्मको चियाले निकै फाइदा पुर्याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप