अभिनयमात्रै होइन लुक्स बदल्न पनि माहिर छन् अमिताभ

एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चन आज ७८ औं जन्मदिन मनाइरहेका छ । उनी पछिल्ला केही वर्षदेखि युवा अभिनेता र समर्थकहरुका लागि समेत प्रेरणाको स्रोत बनेका छन् । अमिताभ केवल उत्कृष्ट अभिनयमात्रै होइन पात्रअनुसार आफ्नो लुक्स बदल्नसक्ने खुबीका कारण पनि चर्चामा रहन्छन् ।
फिल्म पा मा अमिताभको लुक्सले फ्यानहरुलाई छक्क पारेको थियो । यसमा उनले प्रोग्रेरिया नामक दुर्लभ रोगसँग जुधिरहेका १२ वर्षका एक बच्चाको भूमिका निर्वाह गरेका थिए । यस फिल्ममा अमिताभका छोरा अभिषेक भने उनको बाबुको भूमिकामा थिए ।
फिल्म झुम बराबर झुममा अमिताभको निकै छोटो रोल थियो, तर उनको हिप्पी अन्दाज फ्यानहरुबीच निकै लोकप्रिय भयो । फिल्म शहंशाहमा अमिताभ बच्चको लुक्स र उनको पहिरनलाई लिएर पनि धेरै चर्चा भयो, यस फिल्ममा उनी न्याय दिने एक व्यक्तिका रुपमा देखिएका थिए, जो रातमा आफ्नो हुलिया बदलेर बाहिर निस्कन्छ ।
फिल्म १ सय २ नटआउटमा अमिताभले १ सय २ वर्षका व्यक्तिको भूमिका निभाएका थिए । यस कमेडी फिल्म पनि समर्थकहरुमाझ निकै चर्चित बनेको थियो । गुलाबो सिताबो, बुम, हलिउड फिल्म द ग्रेट ग्याट्सबीलगायत फिल्ममा पनि अभिताभको लुक्स फरक थियो । सुपरहिट फिल्म लावारिसको ‘मेरे अंगने में’ गीतमा उनी एक महिलाको भूमिकामा देखिएका थिए । ११ अक्टुबर १९४२ मा जन्मिएका अमिताभ बच्चनले १९६९ मा रिलिज भएको ‘सात हिन्दुस्तानी’ मार्फत बलिउडमा डेब्यु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
-
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद
-
झापामा सुनचाँदी र नगद चोरी
-
चार जना मृत फेला
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
राजेन्द्र भण्डारीका तीन कविता