हेटौँडा सिमेन्टले ३८ हजार कामदार माग्यो !
काठमाडौं । हेटौँडा सिमेन्टले करिब ३८ हजार कामदारको माग गरेको छ । आइतबार एक सूचना जारी गर्दै हेटौंडा सिमेन्टले ३८ हजार ६ सय ९५ जना कामदारको माग गरेको हो । यसमध्ये २ हजार ९ सय २० जना दक्ष र ३५ हजार ५ सय ७५ जना अदक्ष कामदार आवश्यक भएको हेटौँडा सिमेन्टद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
सो कामदारको आपूर्ति आउटसोर्सिङ मार्फत् गर्ने भन्दै यसका लागि ३० दिनको अवधिभित्र इच्छुक आपूर्तिकर्तालाई बोलपत्र पेश गर्न आह्वान समेत गरेको छ ।एकैपटक कसरी ३८ हजार कामदार ?
सूचनामा उल्लेख भए पनि हेटौँडा सिमेन्टले एकैपटक ३८ हजार जना कामदारको माग गरेको चाहिँ होइन । एक वर्षभित्र ३८ हजार कार्यदिनका लागि काम गर्ने कामदारको आपूर्ति गर्न लागेको हो । जसका लागि ५०÷६० जना कामदार पर्याप्त रहेको सिमेन्टका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए ।
‘हामीले ३ जना कार्यालय सहयोगी (पियन), पानीको आपूर्ति गर्ने व्यक्ति र सरसफाई गर्ने व्यक्ति मागेका हौँ । त्यस्तो काम वर्षौँदेखि स्थानीयबासीले गर्दै आएका छन् । तर उहाँहरुलाई हामीले आउटसोर्सिङमार्फत् लिने गरेका थियौँ,’ सिंहले भने, ‘त्यसका लागि ५०÷६० जना मान्छे लाग्ने हो । तर, कार्यदिनको आधारमा बोलपत्र आह्वान गरिएकोले मात्रै धेरै देखिन गएको हो । प्राविधिक कमजोरी भएर वा हामीले स्पष्ट पार्न नसकेर यस्तो कन्फ्युजन भएको हुनसक्छ । तर, वास्तविकता चाहिँ यस्तो हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिका : आन्तरिक आम्दानीमा सुधार, लक्ष्य भेट्टाउन मुस्किल
-
पाकिस्तान सुपर लिग ड्राफ्ट : सन्दीप डायमन्ड क्याटेगोरीमा, अन्य को–को परे ?
-
सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर
-
रामचरणको ‘गेम चेन्जर’ले पहिलो दिनमा कति कमायो ?
-
स्मृति मन्धानाले बनाइन् नयाँ कीर्तिमान
-
अण्डा कसले खानु हुँदैन?