शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाः मध्यरातमा भएको भव्य सैन्य शक्ति प्रदर्शनमा देखिए ब्यालेस्टिक मिसाइल र नयाँ हतियार

आइतबार, २५ असोज २०७७, ०६ : ५०
आइतबार, २५ असोज २०७७

शनिबार उत्तर कोरियामा मध्य रातमा भव्य सैन्य शक्ति प्रदर्शनको आयोजना गरिएको थियो जसमा देशका सर्वोच्च नेता किम जोङ–उनको उपस्थिती थियो । परेडको आयोजना वर्कर्स पार्टीको ७५ औं वार्षिकोत्सवको मौकामा आयोजना गरिएको थियो ।

नयाँ मिसाइल र हतियारलाई देखाउनका लागि उत्तर कोरियाले सैन्य शक्ति प्रदर्शनको आयोजना गर्ने गर्छ । जानकारका अनुसार शनिबार राती भएको यो परेडका क्रममा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको प्रदर्शनले यो कुराको पुष्टि गरेको छ ।

पछिल्लो दुई वर्षमा पहिलो पटक उत्तर कोरियामा कुनै सैन्य शक्ति प्रदर्शनको आयोजना गरिएको हो । यहाँ याद गर्नुपर्ने कुरा के छ भने अमेरिकी राष्ट्रसित चुनाव हुनुभन्दा ठिक अघि उत्तर कोरियाले आफ्नो नयाँ हतियारको प्रदर्शन गरेको हो ।

 सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र किम जोङ–उनबीच भएको पहिलो शिखर वार्तापछि उत्तर कोरियाले परेडमा ब्यालेस्टिक मिसाइलको प्रदर्शन गरेको थिएन ।

 दक्षिण कोरियाको सेना अनुसार शनिबार शनिबार मध्य रातमा सैन्य शक्ति प्रदर्शनको आयोजना गरिएको हो तर रातीको समयमा यसको आयोजना किन गरियो, यसबारे कुनै जानकारी भने प्राप्त छैन ।

कुनै पनि विदेशी मिडिया वा विदेशी व्यक्तिलाई परेडमा समावेश हुन पूर्ण रुपमा प्रतिबन्ध थियो । यस्तोमा जानकार उक्त प्रदर्शनबारे थाहा पाउनका लागि उत्तर कोरियाली सरकारद्वारा जारी गरिएको तस्बिर र भिडियोमा पूर्ण रुपमा निर्भर रहे ।

उत्तर कोरियाबाट प्राप्त तस्बिरमा प्रदर्शनको क्रममा किम जोङ–उन खैरो रङको सूटमा देखिए ।

यो मौकामा दिएको आफ्नो भाषणमा किम जोङ–उनले भने, ‘आत्मरक्षा र हमलाको उत्तर दिनका लागि उत्तर कोरिया आफ्नो सेनालाई बलियो बनाउन जारी राख्नेछ ।’

उनले आफ्नो देशमा कोरोनाभाइरसका कुनै पनि संक्रमित नभेटिएकोमा ईश्वरलाई धन्यवाद दिए । उनले भने, ‘संसारका अन्य मुलुकमा यो घातक भाइरसबाट लडिरहेका मानिसहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

देशमा कोरोना संक्रमित नभएको दाबीबीच किम जोङ–उनले देशमा कडा प्रतिबन्धको सुनिश्चितताका लागि उच्च स्तरीय बैठकको आयोजना गरिरहेका छन् ।

यद्यपि, उत्तर कोरियामा कुनै पनि संक्रमित नहुनु सायदै सम्भव भएको मान्यता राख्छन् ।

यो शक्ति प्रदर्शन चिन्ताको विषय किन हो ?

एलिस्टेयर कोलम्यानको विश्लेषण, बीबीसी मोनिटरिङ

किम जोङ–उनले आफ्नो भाषणको अन्त्यमा भने, ‘देशका महान नागरिकहरुको उमेर लामो होस् !’ तर योभन्दा ठिक अघि उनले आफ्नो भाषणमा आर्थिक मोर्चामा देश संघर्ष गरिरहेको पनि स्विकार गरे ।

यद्यपि, सरकारी टेलिभिजनमा किम इल–सुङ स्क्वायरमा भएको यो प्रदर्शन हेर्ने विश्लेषकले प्रदर्शनमा समावेश भएका सेनालाई हरेर सशस्त्रबलको खर्चमा कुनै प्रकारको कमी नगरिएको स्पष्ट भएको बताएका छन् ।

यो परेड विश्लेषण गरिरहेका विश्लेषकले त्यहाँका सैनिक नयाँ हतियार (असल्ट विपन्स) बाट सुसज्जित भएको देखेका होलान् र परेडमा हतियारले भरिएका गाडीसहित नयाँ एयर डफेन्स सिस्टम झैं देखिने उपकरण थिए ।

यद्यपि, पश्चिमी दुनियाँलाई प्रदर्शनमा समावेश गरिएको नयाँ ब्यालेस्टिक मिसाइलका कारण चिन्ता हुनेछ ।

सबैभन्दा पहिले पुकगुकसाङ्ग फोरए मिसाइल देखियो जुन पनडुब्बीबाट दाग्न सकिन्छ । त्यसपछि विशाल इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसीबीएम), लञ्च ह्विकलको साथमा देखियो । यो ११ एक्सेल भएको आधुनिक गाडी थियो । अहिलेसम्म यो मिसाइललाई के नाम दिइएको होला भनेर जानकारी छैन ।

गत वर्ष उत्तर कोरियाले आफ्नो परमाणु क्षमतालाई बढाउन जारी राख्ने कुरा थुप्रै पटक बताएको थियो । शनिबार प्रदर्शनमा देखिएको मिसाइल उनको यसै सन्देशलाई पुष्टि गर्दछ ।

तर यसपछि कोरियाली प्रायद्वीपमा शान्ति र कूटनीतिक सम्भावना अब कति बचेको छ, यसबारे एउटा अनुमान मात्रै लगाउन सकिन्छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप