शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरकोरियामा विशाल सैन्य शक्ति प्रदर्शनको तयारी

शनिबार, २४ असोज २०७७, २३ : ५८
शनिबार, २४ असोज २०७७

एजेन्सी । उत्तरकोरियामा कोरोना महामारीको कठिनाईका बीच सैन्य उत्सवको तयारी थालिएको छ । कोरोना महामारीका अतिरिक्त गम्भीर आर्थिक प्रतिबन्धहरुको सामना गरिरहेको उत्तरकोरियाको इतिहासमै सबैभन्दा ठूलो सैन्य परेडको आयोजना गर्ने तयारी थालिएको हो । उक्त सैन्य परेड त्यहाँको सत्तारुढ दल वर्कस पार्टीको ७५ औं वार्षिकोत्वसका अवसरमा आयोजान गरिन थालिएको हो ।

बीबीसीका अनुसार उत्तरकोरियाका लागि पार्टीको वार्षिकोत्वसमा आयोजना हुन लागेको यो सैन्य परेड सैन्य शक्ति प्रदर्शन गर्ने ठूलो अवसर पनि हो र कम्युनिष्ट तागत प्रदर्शन गर्ने अर्को अवसर हो । निकै वर्षअघि देखि अमेरिकासँग टक्कर गर्दै आएको उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ मा भेटवार्ता भएपनि कुनै सम्झौता भने हुन सकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप