शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घरेलुबाट चार हजारलाई रोजगारी

शनिबार, २४ असोज २०७७, १८ : ०५
शनिबार, २४ असोज २०७७

खोटाङ जिल्लामा घरेलु तथा साना उद्योग दर्ता गरेर व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । उद्योग दर्ता गरेर व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएसँगै चार हजार बढीले रोजगारीसमेत पाएका छन् ।
      
सरकारको तर्फबाट कृषि क्षेत्रमा विभिन्न खाले प्रोत्साहनका कार्यक्रम सञ्चालनमा आएसँगै व्यवसायमा लाग्नेको सङ्ख्यामा वृद्धि भएको घरेलु तथा साना उद्योग विकास कार्यालय भोजपुरले जनाएको छ । जिल्लाभर हालसम्म दुई हजार १४७ वटा साना तथा घरेलु उद्योग दर्ता भएर सञ्चालनमा रहेका छन् । गत आर्थिक वर्ष मात्र ३३४ वटा उद्योग तथा फार्म दर्ता भएका छन् भने वाणिज्यतर्फ ४१७ फार्म दर्ता भएको कार्यालयको भनाइ छ । 
 
विभिन्न खाले उद्योगबाट दुई हजार २६९ जना पुरुष र एक हजार ८९१ महिला गरी जम्मा चार हजार १६० जनाले रोजगारी पाएको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख प्रेम बुढाथोकीले जानकारी दिए । समुदायस्तरमा विभिन्न खोल तालिमसँगै कार्यक्रम सञ्चालन गरेपछि उद्योग तथा फार्म दर्ता गरेर व्यवसायमा लाग्नेको सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप