शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

९५ प्रतिशत निर्माण सकिँदा यस्तो देखियो पोखरा–सराङकोट केबलकार (फोटोफिचर)

शनिबार, २४ असोज २०७७, १७ : ३४
शनिबार, २४ असोज २०७७

पोखरा । पोखरादेखि सराङकोट जोड्ने केबलकारको ९८ प्रतिशत निर्माण कार्य सकिएको छ । स्ट्रक्चर, सिभिल वर्क र इलेक्ट्रिक लगायतका सबैजसो काम सकिइसकेको निर्माण कम्पनीले जनाएको छ । 
बाँकी ५ प्रतिशत केबल तान्ने र गोन्डोला झुण्ड्याउन मात्रै बाँकी छ । त्यसको लागि जापानदेखि नै कामदार ल्याउनु पर्ने भएकाले केही समय लाग्ने कम्पनीको भनाइ छ । निर्माण कम्पनी अन्नपूर्ण केबलकारका साइड सुपरभाइजर अरुण कोइरालाका अनुसार जापानबाट दक्ष कामदार ल्याउने तयारी भईं रहे पनि कोरोना महामारिले प्रभाव पारेको छ । ‘बैशाखमा सञ्चालनमा ल्याउने तयारी थियो । त्यही अनुसार काम पनि भइरहेको थियो ।

कोभिड १९ को चपेटामा परेर सञ्चालनमा ल्याउन सकिएन,’ उनले भने, ‘त्यही कारणले काममा ढिलाइ भयो । तैं पनि हामीले यहाँ भएका स्थानीय जनशक्ति प्रयोग गरेर बाहिरको काम लगभग ९५ प्रतिशत सकिई सक्यो । सिभिल वर्क पनि केही बाँकी छैन । इलेक्ट्रिकल पनि सकिइसक्यो ।’

मुख्य केबल तान्ने र गोन्डोला झुण्ड्याउने मात्रै बाँकी रहेको उनले सुनाए । केबल र गोन्डोलाको काम सकाएपछि परीक्षण थाल्ने उनले बताए । कोरोना महमारीका कारण जापानबाट दक्ष प्राविधिक कहिले आउने भन्ने नै तय नभइसकेको उनले सुनाए । 

अवस्था थोरै सहज भएर जापानिज प्राविधिक आउन सके मात्रै पनि एक, डेढ महिनाभित्रमा परी क्षण प्रसारण गर्न सकिने उनको अनुमान छ । यद्यपि, प्राविधिक आउने नआउने अहिलेसम्म तय भई सकेको छैन । 
यसअघि गएको बैशाखमा परिक्षण सञ्चालन सकाएर दशैं अघि नै सञ्चालनको तयारी थाले पनि जग्गाको मुआब्जा लगायतका प्रक्रियाले सञ्चालन मिति टरेको कम्पनीले बताएको थियो ।

केबलकारमा पहिलो फेजमा १८ वटा गोन्डोला रहन्छन् । १८ गोन्डोलामा एउटा क्यारियर रहन्छ । १७ वटा मान्छे बस्ने गोन्डोला हुने छन् । एउटा गोन्डोलमा ८ जनाले यात्रा गर्न सकिने छ । गोन्डोलाको आकार ठूलो भएकाले पनि यात्रु क्षमता  धेरै रहेको उनले सुनाए । पोखरा १८ सेदीमा स्टेसन रहेको केबलकार चढेर सराङकोटसम्म पुग्न लगभग ८ देखि ९ मिनेट लाग्ने छ । 

पोखरादेखि सराङकोटसम्म २ दशमलव ३७५ किलोमिटर दुरिमा रहेको केबलकारमा  १३ वटा टावर रहने छन् । लगभग २ दशमलव ३७५ मिटरको दरिमा टावर खडा गरिएको छ । केबलकार परिक्षण सकिएर सञ्चालनमा आए लगत्तै ४ वटा गोन्डोला थप्ने योजना रहेको सुपर भाइजर कोइरालाले सुनाए । थपिएका ४ वटा गोन्डोला भिआइपी गोन्डोला हुन् । 

सुरुआतमा आयोजनाले १ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरे पनि सञ्चालन मिति टर्दै जाँदा लागत समेत बढेको कोइरालाले बताए । सञ्चालन मिति सर्दा स्ट्रक्चर पनि थपिदैं आएकाले लागत रकम पनि बढेको उनले सुनाए । अनुमान गरिएको रकमभन्दा ३५ करोड रुपैयाँ बढी रकम खर्च भइसकेको उनको भनाइ छ । कम्पनीले दैनिक १५ सय यात्रुले केबलकार चढ्ने अपेक्षा लिएको छ । केबलकार चढ्नको लागि भाडादर पनि कायम भइसकेको छ । सुरुआती भाडादर अनुसार नेपाली प्रतिव्यक्ति ६ सय दक्षिण एसियाली मुलुकको लागि ७ सय र तेस्रो मुलुका लािग प्रतिव्यक्ति ८ सय रुपैयाँ भाडादर कायम गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप