बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१ लाख ५० हजार रुपैयाँ बराबरको पटाका सहित पक्राउ

शनिबार, २४ असोज २०७७, १६ : ५८
शनिबार, २४ असोज २०७७

झापाकोभद्रपुर नगरपालिका-३ पैतीस लाईनबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५८ बण्डल पटाका सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-४ बस्ने ४२ वर्षीय ढाक्रे राजबंशी रहेका छन् ।
प्रहरी चौकी महेशपुर र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ ह ३४१३ नम्बरको अटोमा जाँच गर्ने क्रममा उक्त मूल्य बराबरको पटाका फेला पारी चालक राजबंशीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप