शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ

शनिबार, २४ असोज २०७७, १६ : ५६
शनिबार, २४ असोज २०७७

मोरङ । यहाँको बेलबारी नगरपालिका-४ गर्जुराम टोल बस्ने अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका-३ मैनावारी टोल बस्ने ४० वर्षीय रित गुरुङ, सोही नगरपालिका-११ लक्ष्मीमार्ग बस्ने ५६ वर्षीय सुजय गौतम, ५२ वर्षीय चन्द्र लिम्बु, झापा दमक नगरपालिका-५ मन्टेश्वरी टोल बस्ने ३२ वर्षीय धमेन्द्र राई, सुनसरी ईटहरी उपमहानगरपालिका-१ हलगडा बस्ने ४७ वर्षीय प्रदिप तामाङ र धनुषा चारनाथ गणेशमान नगरपालिका-८ पोर्ताहा बस्ने ५० वर्षीय पर्शुराम भुजेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुबाट नगद २ लाख ५३ हजार २ सय ३५ रुपैयाँ, १ सेट कौडा, ३ बुक तास, को.२ च २८१९ नम्बरको गाडी, अनटेष्ट लेखिएको मोटरसाइकल र को.२३ प १३८७ नम्बरको स्कुटर बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप