शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साताव्यापी मनाइँदै विश्व खाद्य दिवस

शनिबार, २४ असोज २०७७, १५ : ४०
शनिबार, २४ असोज २०७७

‘हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ को मुलनाराका साथ यस वर्ष ४० औं विश्व खाद्य दिवस साताव्यापी रुपमा मनाइने भएको छ । 
कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि विभाग र समाजिक संस्था कृषिको लागि खाद्य अभियानको सहकार्यमा आइतबारदेखि नेपालमा पनि विश्व खाद्य दिवस साताव्यापी मनाइने भएको हो । 

कृषि विभाग र अभियानले आज गरेको संयुक्त पत्रकार सम्मेलनमा खाद्य दिवस मनाउने बारेमा जानकारी गराएको छ । यस सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन कृषि संचार र खाद्यका सवालको सेरोफेरोमा रहेर कृषिमा नयाँ संचार प्रविधिको प्रयोग, कृषिमा आमसंचार माध्यमको भूमिका, रैथाने खाना, पर्यटन र पत्रकारिता लगायत खाद्य र खेतीका तत्कालिन सवालहरुमा प्रस्तुति र अन्तक्रिया हुनेछ । 

त्यसैगरी दोश्रो दिन कोभिड–१९, खाना र खेतीपाती विषयमा प्रस्तुति र अन्र्तक्रियाया सञ्चालन गरिनेछ भने तेश्रो दिन भूमि किसानको खाद्य अधिकार, शिक्षा र कृषि, चौथो दिन कर्णाली कृषिका मुद्धा बारे छलफल गरिनेछ । त्यसैगरि पाचौँ दिन खाना र खेतीपातीः ग्रामिण महिला किसानको योगदान र जैविक विविधता, पोषण तथा रैथाने बालीहरुको विषयमा छलफल र अन्तक्रिया सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ । 

यसैबीच देशभरिबाट पाँच उत्कृष्ट किसानहरुलाई अवार्ड पनि प्रदान गरिने, कृषि विभागका सूचना अधिकारी महादेव पौडेलले जानकारी गराए । कार्यक्रमको सफलताको लागि सातै प्रदेशमा प्रचार प्रसार गरिएको पनि उहाँले बताए । यसबीच अक्टोबर १६ मा रोजगार गुमाएका एवम् विपन्न परिवारहरुलाई खाना खुवाउने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।   
पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्दै विभागका महानिर्देशक गोविन्द प्रसाद शर्माले आगामी दिनहरुमा यस किसिमको कार्यक्रमलाई देशव्यापी रुपमा सञ्चालन गरिनुपर्ने धारण व्यक्त गरे ।    

सन् २०१५ मा भएको संयुक्त राष्ट्र संघको दिगो विकास सम्मेलनमा १९३ राष्ट्रले आगामी १५ वर्षभित्र भोकमरी अन्त्य गर्न शुन्य भोक अभियान चलाउने प्रतिवद्धता व्यक्त गरिएको थियो । 

त्यसको दुई महिनापछि फ्रान्सको राजधानी पेरिसमा भेला भएका १९५ देशका उच्चस्तरीय प्रतिनिधिहरूले खाद्य सुरक्षा विश्वको मुख्य प्राथमिकता रहेको कुरा स्वीकार गरेको थियो । यसको मूल कारण जलवायु परिवर्तन भएकोले सन् २०३० सम्ममा यसलाई सम्बोधन गर्दै शून्य भोक बनाउन प्रतिबद्धता जनाएको थियो । 

त्यही पृष्ठभूमिमा यसपाली हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने नारा सहित मनाउन लागिएको यस वर्षको ४० औँ विश्व खाद्य दिवस सान्दर्भिक र महत्वपूर्ण रहेको अभियानका अभियान्ता कल्पना कार्कीले बताइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप