शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाका महावाणिज्यदूत तथा वाणिज्यदूतहरुको हेरफेर, प्रेमराजा महत लगायतको कार्यकाल ४ बर्ष थप

शनिबार, २४ असोज २०७७, ०९ : ०४
शनिबार, २४ असोज २०७७

डिसी – अमेरिकाका लागि नेपाल सरकारका विभिन्न राज्यहरुमा रहेका महावाणिज्यदूत तथा वाणिज्यदूतहरुको हेरफेर भएको छ । गत २०७७ साल असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

उक्त निर्णयको संक्षिप्त विवरण गत बुधबार साँझ प्रकाशित भएको हो । मन्त्रिपरिषद्ले अवैतनिक रुपमा काम गर्दै आएका अमेरिका लगायत बिश्वका विभिन्न मुलुकमा रहेका महावाणिज्यदूत तथा वाणिज्यदूतलाई हेरफेर गरेको छ ।

अवैतनिक बाणिज्यदूत सम्बन्धि (पाँचौ संसोधन) नियमावली ,२०३९ मा भएको व्यवस्था बमोजिम उक्त निर्णय मन्त्रिपरिषदले गरेको परराष्ट्र मन्त्रालयले उक्त विवरण दिएको छ ।

अमेरिकाका विभिन्न राज्यमा महावाणिज्यदूत तथा वाणिज्यदूतको रुपमा काम गर्दै आएका विभिन्न व्यक्तित्वहरु मध्ये अमेरिकाको मेरिल्याण्ड राज्यमा अवैतनिक महावाणिज्यदूत पदमा कार्यरत प्रेम राजा महतलाई ४ बर्ष अर्को कार्यकालको लागि थप गर्ने निर्णय गरेको छ ।

साथै, अमेरिकाको इलोनोइस राज्यका लागि अवैतनिक महावाणिज्यदूत पदमा कार्यरत मरभिन ए ब्रसटिन,हवाईमा कार्यरत अवैतनिक बाणिज्यदूत मेरी सी क्यारोल ,ओहायो राज्यमा कार्यरत अवैतनिक महावाणिज्यदूत डा. विलियम सि क्यासेललाई थप ४ वर्ष कार्यकालको लागि नियुक्ति गरिएको छ ।

यसैगरि वाशिंगटनको सियाटलमा अवैतनिक वाणिज्यदूत पदमा कार्यरत एसी शेर्पालाई पनि थप ४ बर्ष कार्यकाल थप्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । अमेरिकामा कार्यरत अन्य अवैतनिक वाणिज्यदूत तथा महा वाणिज्यदूतहरुको कार्यकाल भने थपिएको छैन । उनीहरुको कार्यकाल अहिलेको लागि समाप्त भएको छ ।

मेरिल्याण्ड राज्यका महाबाणिज्यदूत पदमा कार्यरत महतले पुनः  सेवा गर्ने अवसर दिएकोमा नेपाल सरकार तथा मन्त्रिपरिषद्लाई धन्यबाद दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप