केन्द्रीय संस्करण

पेटमा भएको ‘स्ट्रेच माक्र्स’ हटाउन सरल विधि

person explore access_timeअसोज २४, २०७७ chat_bubble_outline0

एजेन्सी – सामान्य वा शल्यक्रिया गरेर बच्चा जन्माएका महिलाहरुको पेटमा ‘स्ट्रेच माक्र्स’ बस्छ । गर्भवती भएको अवस्थामा पेटको छाला तन्किएर बसेको धर्साका कारण धेरै महिलाहरुलाई पछि निकै समस्या पर्ने गर्छ । 

गर्भवती भएको १३ देखि २१ हप्तामा पेटमा यस्तो धर्सा बस्न सक्छ । करिब ९० प्रतिशत महिलाहरुमा गर्भवती भएको समयमा पेट, तिघ्रा, पुठ्ठा र स्तनमा गुलाबी, रातो, खैरो वा प्याजी जस्ता रङ्गका धर्सा बस्न सक्छ । 

यस्ता, धर्साका कारण महिलाहरुलाई सौन्दर्य समस्या पर्न सक्छ । त्यसले यसका लागि घरमै औषधि बनाउन सकिन्छ । 

किन हुन्छ ‘स्ट्रेच मास्र्क’ ?
–गर्भवती भएको समयमा पेट बढ्ने र तौल बढ्ने कारण
–हर्मोनमा आउने परिवर्तन

केमिकलयुक्त क्रिम 
बजारमा थुप्रै प्रकारका क्रिमहरु भेटिन्छन् । बजारमा पाइने यस्ता स्ट्रेच मास्र्क हटाउने क्रिमहरुमा केमिकलको मात्रा प्रसस्थ हुन्छ । यसले झनै छालामा नोक्सान पुर्याउँछ । 

घरमै बनाउनुस् यस्तो तेल
जोजोबा तेल–२०० ग्राम
भिटामिन ई क्याप्सुल–३
शिया बटर – १० ग्राम
ल्याभेन्डर एसेन्शियल तेल – १० थोपा

बनाउने तरिका 
माथि दिइएका तेललाई एउटा प्यानमा मिसाएर हल्का तातो बनाउने । र यसमा शिया बटर हालेर मन्द तापमा केही समय पकाउने । त्यसपछि तेल राम्रोसँग पाकेपछि त्यसलाई चिसो बनाउने र बोतलमा हालेर राख्ने । 

कसरी प्रयोग गर्ने ? 
स्टे«च माक्र्स भएको ठाउँमा तयार भएको तेल लगाएर हल्का मसाज गर्ने । त्यसको ३० मिनेटसम्म तेल सोसिन दिने । त्यसपछि ताजा पानीले नुहाउने । हरेक दिन एक पटक यसरी मसाज गर्दै जाने हो भने केही दिनमा नै यस्तो धर्सा गायब हुनसक्छ । 

 फाइदा छ ? 
भिटामिन ई, भिटामिन बी , कपरका साथै यस तेलमा थुप्रै प्रकारका पोषक तत्त्वहरु पाइन्छन् । जसले दागहरु मेटाउने काम गर्छ । साथै, यसले छालालाई नरम बनाउँछ । जसले चिलाउने, एलर्जी जस्ता समस्या कम हुन्छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.