बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसबारे चीनको नयाँ दाबी, दुनियाँलाई जानकारी दिने पहिलो देश

शनिबार, २४ असोज २०७७, ०० : २१
शनिबार, २४ असोज २०७७

एजेन्सी ।  चीनले कोरोना भाइरसको विषयलाई नयाँ दाबी गरेको छ । चीनले शुक्रबार भनेको छः ‘पछिल्ला वर्ष यो संक्रमण संसारका धेरै भागहरुमा फैलिइसकेको थियो/छ, तर चीन नै पहिलो देश हो, जसले विश्वलाई पहिलोपटक जानकारी दियो र यसबाट बच्नका लागि तत्काल उपयुक्त कदम चाल्यो ।’ चीनले उहानका मासु बजारबाट कोरोना महामारी सुरु भएको थियो भन्ने रिपोर्टलाई पनि खारेज गरेको छ । साथै अमेरिकी आरोपको समेत खण्डन गरिदिएको छ ।

 चीनका विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले शुक्रबार नियमित पत्रकार सम्मेलनमा भनिन्, ‘कोरोना भाइरस एक नयाँ प्रकारको भाइरस हो, किनभने यो भाइरसका सम्बन्धमा अत्याधिक तथ्यहरु बाहिर आइरहेका छन् ।’ उनको प्रतिक्रियाको अर्थ कोरोना महामारी चीनबाट सुरु भयो भन्ने निश्चित गरिहाल्ने आधारहरु छैनन् । यो बारेमा गहन अनुसन्धानहरु भैरहेका छन् र अत्याधिक तथ्यहरु बाहिर आइरहेका छन् । 

चिनियाँ विदेश मन्त्रालयको यो जवाफ त्यसबेला आएको छ, जतिबेला अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चिनियाँ नेतृत्वका कडा आलोचना गरेका थिए । जापानमा आयोजित क्वाड देशका बैठकलाई सम्बोधन गर्ने क्रममा मंगलबार अमेरिकी विदेशमन्त्री पोम्पियोले चिनियाँ कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वमाथि कोरोना भाइरसको रिपोर्ट लुकाएको आरोप लगाएका थिए । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताकाअनुसार डब्लुएचओले एक विशेषज्ञ टोलीलाई चीन पठाउँदैछ । यसअघि डब्लुएचओको २ सदस्यीय विशेषज्ञ टोली चीन पुगेको थियो । उनीहरुले कोरोना संक्रमणको श्रोतको गहन अध्ययन गरेका थिए । पछिल्लो वर्ष कोरोनाको पहिलो केस उहानमा देखिएको मानिन्छ ।

प्रवक्ता हुआले अमेरिकी विदेशमन्त्रीको आरोपको खण्डन गर्दै चिनियाँ वैज्ञानिकहरुको एक समूहले गत वर्षको १९ जनवरीमा कोरोना संक्रमणको पहिचान गरेको दाबी दोहोर्याइन् । गहन अध्ययनपछि चीनले उहानलाई बाहिरी दुनियाँको सम्पर्कबाट टाढा राख्न कदम चाल्यो ।

उहानमा २३ जनवरीदेखि लकडाउन सुरु भएको थियो । त्यस समय चीन बाहिर जम्मा ९ वटा मात्र केस देखिएका थिए भने अमेरिकामा एउटा केस देखिएको थियो । अमेरिकाले २ फेब्रुअरीदेखि चिनियाँ नागरिकका लागि आफ्नो सीमाना बन्द गरेको थियो । त्यस समय अमेरिकामा १२ वटा केस देखिएका थिए । तर अहिले अमेरिका संसारकै सबैभन्दा बढी महामारीको चपेटमा परेको देश भएको छ । जहाँ अहिले ७८ लाखभन्दा बढी संक्रमित देखिएका छन् भने २ लाख १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप