शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ

शुक्रबार, २३ असोज २०७७, २२ : २२
शुक्रबार, २३ असोज २०७७

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८ बोडेमा १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पासाङ तामाङलाई पक्रेको छ ।  रामेछापको दोरम्बा गाउँपालिका–७ थापागाउँका पासाङले चारदोबाटोस्थित डेरामा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको महानगरीय प्रहरी वृत्त थिमिका डिएसपी ऋषिराम कँडेलले रातोपाटीलाई बताए ।  

असोज १८ अघि बालिका हराएपछि अभिभावकले प्रहरीलाई खबर गरे । भक्तपुरमा बालिकाको परिवार बस्ने घरमा अर्की किशोरी पनि बस्थिन् । २१ वर्षीय ती किशोरीको गाडी लाईनका ड्राइभरसँग प्रेम सम्बन्ध थियो । ड्राइभरलाई भेट्न जाँदा उनले ‘बहिनी हिड्’ भनेर बालिकालाई पनि सँगै लगिन् । 

आफुसँग भएको सुन बेचेर बागबजारस्थित होटलमा केहि दिन बसेपछि किशोरी  रामेछापको मन्थलीस्थित प्रेमीको घरतिर लागिन् । अनि, बालिकालाई दोरम्बाका २१ वर्षीय पासाङले आफ्नो डेरामा ल्याए ।  ‘बलात्कृत बालिकालाई पासाङको डेराबाट उद्धार गरेका हौं’ महानगरीय प्रहरी वृत्त थिमिका डिएसपी कँडेलले भने–‘जबर्जस्ती करणी मुद्धामा अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेका छौं ।’

बालिका बलात्कारमा संलग्न आरोपीलाई वृत्त थिमि र महानगरीय अपराध महाशाखाको टोलीले असोज १९मा पक्रेर शुक्रवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप