गजुरीका डीएसपी खड्कालाई जिम्मेवारीबाट हटाइयो
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले धादिङस्थित इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विश्वराज खड्कालाई जिम्मेवारीबाट हटाइएको छ ।
खड्कालाई प्रहरी प्रधान कार्यालयस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले खड्कालाई बदली गरेर गजुरीको इन्चार्जमा डीएसपी युवराज खड्काको काज सरुवा गरेको छ ।
विश्वराज खड्कालाई नदिजन्य अवैध निकासीलाई प्रश्रय दिएको र गुण्डा नाइके राधे भण्डारीसँग मिलेर काम गरेको आरोप लागेको छ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधीलाई धाक–धम्कि दिएको अभियोगमा गुण्डा नाइके भण्डारीलाई धादिङ प्रहरीले बिहिबार पक्रेको थियो ।
त्यस्तै, प्रहरी उपरिक्षक (एसपी) कृष्णहरी शर्मालाई महानगरीय प्रहरी पहरा गण सामाखुसीमा सरुवा गरिएको छ । पहरा गणमा कार्यरत सुरेन्द्र मैनाली युएन मिसनमा छनोट भएकाले उनको ठाउँमा शर्मालाई काज सरुवा गरिएको प्रहरी महानिरिक्षकको सचिवालयले जनाएको छ ।
एसपी शर्मा ‘कमजोर कमाण्ड’ भएका प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । यसअघि दाङबाट उनी छोटो समयमा तानिएका थिए ।
त्यस्तै, प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर अनमोल खड्कालाई इलाका प्रहरी कार्यालय रंगेली विराटनगरमा काज सरुवा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा
-
नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्न आवश्यक छ : पर्यटनमन्त्री पाण्डे
-
जलवायु परिवर्तनसँग जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो : मन्त्री राणा
-
आज ४५ औँ विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइदै
-
आजको विदेशी मुद्रा विनिमय दर : कुनको मूल्य कति ?
-
स्पेनिश लालिगा : भिगोविरुद्ध मड्रिडको जित