शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गजुरीका डीएसपी खड्कालाई जिम्मेवारीबाट हटाइयो

शुक्रबार, २३ असोज २०७७, २० : ४७
शुक्रबार, २३ असोज २०७७

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले धादिङस्थित इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विश्वराज खड्कालाई जिम्मेवारीबाट हटाइएको छ । 

खड्कालाई प्रहरी प्रधान कार्यालयस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले खड्कालाई बदली गरेर गजुरीको इन्चार्जमा डीएसपी युवराज खड्काको काज सरुवा गरेको छ । 

विश्वराज खड्कालाई नदिजन्य अवैध निकासीलाई प्रश्रय दिएको र गुण्डा नाइके राधे भण्डारीसँग मिलेर काम गरेको आरोप लागेको छ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधीलाई धाक–धम्कि दिएको अभियोगमा गुण्डा नाइके भण्डारीलाई धादिङ प्रहरीले बिहिबार पक्रेको थियो । 

त्यस्तै, प्रहरी उपरिक्षक (एसपी) कृष्णहरी शर्मालाई महानगरीय प्रहरी पहरा गण सामाखुसीमा सरुवा गरिएको छ । पहरा गणमा कार्यरत सुरेन्द्र मैनाली युएन मिसनमा छनोट भएकाले उनको ठाउँमा शर्मालाई काज सरुवा गरिएको प्रहरी महानिरिक्षकको सचिवालयले जनाएको छ । 

एसपी शर्मा ‘कमजोर कमाण्ड’ भएका प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । यसअघि दाङबाट उनी छोटो समयमा तानिएका थिए । 

त्यस्तै, प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर अनमोल खड्कालाई इलाका प्रहरी कार्यालय रंगेली विराटनगरमा काज सरुवा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप