शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कामदारको भेषमा गार्मेन्ट रेकी गरेर चोरी

शुक्रबार, २३ असोज २०७७, १८ : ४४
शुक्रबार, २३ असोज २०७७

काठमाडौँ । तराईबाट ३ जना युवा काम खोज्दै भक्तपुरको मध्यपुर थिमिस्थित कमेरोटारको एसएस गार्मेन्ट आए । कोरोना भाईरस संक्रमणको बीचमा जागिर पाउन जताततै मुस्किल थियो । 

तर, उनीहरुले जागिर पाए ।  धनुषा गणेशनाथ चारनाथ नगरपालिका–४ का मेहबुब आलम, सप्तरी खडक नगरपालिका–९ का इजारुल अली र  धनुषाकै सम्साद आलमले काम शुरु गरे । तर, काम शुरु गरेको सात दिनमा सो गार्मेन्टमा कसैले नसोचेको घटना भयो । 

असोज ५ मा साँझ उनीहरुले ६ सय थान तयारी कपडाको पाइन्ट र ओभरलक गर्ने मेसिन चोरे । चोरेको सामान उनीहरुले रातारात ट्याक्सीमा हालेर महोत्तरीको बर्दिबास लगे । 

चोरीमा संलग्नमध्ये  १९ वर्षीय मेहबुब आलम र २० वर्षीय इजारुल अलीलाई महानगरीय प्रहरी वृत्त थिमिले धनुषा प्रहरीसँगको समन्वयमा ढल्केबरबाट पक्रेको छ ।

कामदारको भेषमा गार्मेन्टमा रेकी गरेर उनीहरुले चोरी गरेको महानगरीय प्रहरी वृत्त थिमिका डीएसपी ऋषिराम कँडेलले रातोपाटीलाई बताए । डीएसपी कँडेलले भने– ‘आरोपीलाई हामिले चोरी मुद्धामा सम्मानित अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेका छौं ।’ 

हप्तादिनको रेकीपछि उनीहरुले  चोरेको सामान मध्ये ४४ थान तयारी पाइन्ट र पेगासस कम्पनीको ओभरलक गर्ने मेसिन प्रहरीले बरामद गरेको छ ।  

चोरेको समान लैजान पार्किङमा राखेको ट्याक्सीमा चालकको नम्बर देखेपछि मध्यराती १२ बजे उनीहरुले फोन गरेर चालकलाई उठाउँछन् । पहिले कलंकी जाउँ भनि पछि ‘१० हजार भाडा दिन्छौं’ भनेर सो सामान महोत्तरी लगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

चोरीको योजना बनाउने मुख्य योजनाकार २३ वर्षीय सम्साद आलमचाहिँ फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप