कोरोना रिपोर्ट नेगेटिभ आएपछि मदकृष्ण लेख्छन्ः ‘ह’ लाई समातेपछि ‘म’ लाई मात्र के बाँकी राख्ला र...
काठमाडौं । बरिष्ठ हास्य कलाकार मदकृष्ण श्रेष्ठको पिसिआर रिपोट नेगेटिभ आएको छ । कलाकार हरिबंश आचार्य दम्पतीमा कोरोना देखिएपछि कन्ट्रयाक ट्रेसिङमा परेका श्रेष्ठको पिसिआर रिपोट भने नेगेटिभ आएको हो ।
श्रेष्ठले आफ्नो कोरोना टेष्ट पिसिआर रिपोट नेगेटिभ आएको शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
बिएण्डबी अस्पतालका डाक्टर निरज बैद्यको सहयोगमा घरमै श्रेष्ठले पिसिआर टेष्ट गराएका थिए । ‘हरिबंशले फोन गरेर रमिला र मेरो पिसिआर टेष्ट गराएको कोरोना पोजेटिभ पो देखियो भन्दा म एकछिन त झसङ्ग भए । किनभने दुई दिन बिहानदेखि बेलुकासम्म हामी एउटै सुटिङमा ब्यस्त थियौं । गाडी समेत एउटै चढेका थियौ । त्यसमाथि आफु पार्किन्सन, प्रेसर, प्रोस्टेटको चार पाँचथरी औषधि खाइरहेको मानिस’ श्रेष्ठ लेख्छन् ‘हुन त मलाई केही हुँदैन भन्ने ढुक्कै थिए । तै पनि क्याहो क्याहो भन्न सकिन्छ र ।’
‘ह’लाई समातेपछि ‘म’ लाईमात्र के बाँकी राख्ला र । समात्यो होला बजियाले भन्याजस्तो गरि मेरो पालो चुपचाप घरमै आइसोलेसमा रहे’ श्रेष्ठले फेसबुकमा लेखेका छन् ।आफ्नो पिसिआर रिपोट नेगेटिभ आएको हरिवंशलाई सुनाउँदा मनै हलुङ्गो भएको बताएको समेत श्रेष्ठले जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासिद खान बने टी–२० क्रिकेटको सर्वाधिक विकेट लिने खेलाडी
-
रियलले भित्र्याउन खोजेका डेभिसले गरे बायर्नसँग नयाँ करार
-
झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता
-
भारतीय आप्रवासी बोकेको विमान अमृतसरमा अवतरण
-
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
-
पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला