के लालु यादव रिहा होलान् ? झारखण्ड अदालतले दियो जमानत

राँची । बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालु प्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उनलाई जमानत दिएको अदालतले जनाएको छ । बिहार विधान सभाको चुनावअघि यादवलाई एउटा मुद्दामा जमानत दिएसँगै बिहारको चुनावी राजनीति तरंगित बनेको छ ।
तर, यादवमाथि लागेको चारा घोटालासँग सम्बन्धित अर्को मुद्दा भने विचाराधीन अवस्थामै रहेकाले यादव जेलमै रहनु पर्नेछ । श्री यादव हाल स्वास्थ्य समस्या देखाउँदै महिनौंदेखि राजेन्द्र इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा भर्ना हुनु भएको छ । लालु यादव सन् २०१७ को डिसेम्बरदेखि जेलमा रहेका छन् । उनले भारतीय फौजदारी संहिता बमोजिम सात वर्ष र चारा घोटाला सम्बन्धी अर्को मुद्दामा सात वर्षको जेल सजाय पाएका छन् ।
लालु यादव बिहारको मुख्यमन्त्री भएका बखत सन् १९९१ र १९९६ मा बिहारस्थित पशुपालन विभागको एक परियोजनाबाट गैरकानुनी तरिकाबाट तीन करोड ५० लाख भारतीय रुपैयाँ झिकेको यादवमाथि आरोप छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झण्डै तीन दशक अघिको खानेपानी आयोजना अझै पूरा भएन
-
ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो
-
‘झुम्सा खानेपानी आयोजना चाँडो सम्पन्न गर्नुको विकल्प छैन’
-
पानीको मुद्दालाई राजनीतिकरण गरियो
-
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै