शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वालेटमार्फत् राजस्व बुझाउँदा शुल्क लाग्ने : कति राजस्व बुझाउँदा कति शुल्क लाग्छ ?

शुक्रबार, २३ असोज २०७७, १५ : ४९
शुक्रबार, २३ असोज २०७७

काठमाडौँ । वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफर तथा भुक्तानी सीमा सम्बन्धी ब्यवस्थामा राजस्व भुक्तानी शुल्क थप भएको छ । सरकारलाई बुझाउने राजस्वको दर अनुसार ५ देखि ३० रुपैयाँसम्म शुल्क लाग्ने नेपाल राष्ट्र बैङ्कले जनाएको छ । यो ब्यवस्था माघ १ गतेबाट मात्र लागू हुनेछ । अहिले भने नेपाल राष्ट्र बैङ्कले कोभिडका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै करदाताका लागि पुस मसान्तसम्म वालेटमार्फत गरिने दाखिला निःशुल्क गर्न भनेको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार एक निर्देशन जारी गर्दै शुल्क निर्धारण गरेको हो ।

१ हजारको कारेबारमा शुल्क लाग्दैन । १ हजार १ रुपैयाँ देखि ३ हजार रुपैयाँसमम्को करोबारमा ५ रुपैयाँ शुल्क लाग्छ । त्यपछिको १० हजारसम्मको कारेबारमा १० रुपैयाँ प्रतिकारोबार लाग्छ । यस्तै १० हजारदेखि माथिको कारोबारमा प्रतिकारोबार ३० रुपैयाँ पैसा लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप