बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्डको इलेक्ट्रोनिक रिपोर्टिङ सिस्टम सञ्चालनमा

शुक्रबार, २३ असोज २०७७, १५ : १८
शुक्रबार, २३ असोज २०७७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले इलेक्ट्रोनिक रिपोर्टिङ एण्ड रिटार्यभल सिस्टम (ईआरआरएस) सञ्चालनमा ल्याएको छ । विश्व लगानीकर्ता सप्ताहको अवसरमा बोर्डले यो सिस्टम सञ्चालनमा ल्याएको हो ।  ईआरआरएस सिस्टम सचालनमा आएपछि धितोपत्र बोर्डसँग अनुमति लिएर सञ्चालन भएका संस्थाहरुले बोर्डलाई गर्नुपर्ने सबै प्रकारका रिपोर्टिङ अनलाइनबाटै गर्न  सकिने व्यवस्था गरेको जनाएको छ । 

हाल बोर्ड अन्तर्गत नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मर्चेन्ट बैंकर, ब्रोकर तथा सूचीकृत कम्पनीहरु पर्दछन् । ती सबै संस्थाले कानून बमोजिम धितोपत्र बोर्डलाई गर्ने सबै प्रकारका रिपोर्टिङको लागि कार्यालयसम्म धाउनु नपर्ने अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।

बोर्डमा रिपोर्टिङ गर्नुपर्ने संस्थाले बोर्डबाट युजरनेम र पासवर्ड प्राप्त गरी यो सिस्टममार्फत् रिपोर्टिङ गर्न सक्ने समेत उनको भनाई छ ।  यो सिस्टमले कोभिड–१९ का कारण सिर्जित परिस्थिति तथा प्रविधिको समयमा पनि प्रत्यक्ष रिपोर्टिङ गर्ने अवस्थाबाट परिवर्तन गर्नुपर्ने अवस्थालाई सम्बोधन गर्ने समेत उनको दाबी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप