लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना संक्रमण
शुक्रबार, २३ असोज २०७७, १५ : ०५
![लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना संक्रमण](https://rpcdn.ratopati.com/media/albums/kul_prasad_kc_sonam-768x512-1_jqk9Q1H3JE.jpg)
बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको छ । रुघा लागेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको इमरजेन्सी एक्सपर्ट टेस्ट (द्रुत स्वाब परीक्षण) मा उनलाई कोरोना पोजिटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले रातोपाटीलाई बताए ।
उनले भने, ‘हो मन्त्रीज्युमा आज दिउँसो कोरोना पुष्टी भएको छ, अब हामी सचिवालयमा सबैको परीक्षण तयारीमा छौ।’ उनले मन्त्री केसीलाई २ दिनअघि देखि रुघा लागेको र बिहान पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताए । उनी अहिले मन्त्रालयकै निवासस्थित आइसोलेसनमा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवश्यक कानुन बनाउन नसक्दा द्वन्द्वपीडितले न्याय पाउन सकेनन् : दुवाडे
-
एभरेस्ट बैंकद्वारा बझाङमा शाखा विस्तार
-
कागजात नभएका १६ वटा मोटरसाइकल भन्सारमा बुझाइयो
-
विधेयकप्रति आपत्ति जनाउँदै अनलाइन टिभी पत्रकार सङ्घद्वारा शिक्षा समितिको ध्यानाकर्षण
-
सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थिति छैन: प्रचण्ड
-
जसपा नेपालको संसदीय दलको बैठक सिंहदरबारमा