१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
शुक्रबार, २३ असोज २०७७, १३ : ०६
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको माथागढी गाउँपालिका–४ मलेबास बस्ने १९ वर्षीय विराज ज्ञवालीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
विराजले ती बालिकालाई गत भदौ ९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यता, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–६ बगेवा बस्ने २० वर्षीय रबिन कुमार दासलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दासले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर