बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

साझाका केन्द्रीय सदस्यद्वय पौडेल र अर्यालले छाडे पार्टी

शुक्रबार, २३ असोज २०७७, १० : ०६
शुक्रबार, २३ असोज २०७७

काठमाडौं । साझा पार्टीका दुई जना केन्द्रीय सदस्यले पार्टीबाट बाहिरिएका छन् । केन्द्रीय सदस्य मानवी पौडेल र सिद्धि अर्याल पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

पौडेलले ट्वीटरमा लेखेकी छन्, ‘साझा पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्यबाट अलग हुने निर्णय गरेको छु। पार्टीको संस्थापन काल देखिको राजनीतिक यात्रा मेरो जीवनको अविस्मरणीय कालखण्ड रहने छ। पार्टीमा रहँदाका सदस्य, सहकर्मी साथिहरू र अग्रज नेताहरू सबैमा सहयोग र मार्गनिर्देशका लागि हार्दिक आभार व्यक्त गर्दछु।’

यस्तै साझाका अर्का केन्द्रीय सदस्य अर्यालले परिस्थितिवश भौगोलिक रूपमा हालसँगै रहन नसकेको बताए । उनले ट्वीटरमा लेखेका छन, ‘साझाको पुनर्गठित केन्द्रिय समितिलाई मेरो हृदयदेखी शुभकामना छ । तपाईंहरुसँग विधिले निर्दिष्ट गर्ने राजनीतिको यात्रामा केन्द्रिय सदस्यका रुपमा थोरै समय काम गर्दा संगालेका अनुभव सदैव मेरा सम्झनामा रहनेछन् । परिस्थितिवश भौगोलिक रूपमा हालसँगै नरहे पनि तथा केन्द्रिय सदस्य नरहे पनि संगठीत विकल्पका लागि मबाट हुन सक्ने सहयोग गरि नै रहनेछु।’

केन्द्रीय समिति पुनर्गठनका दिन उनीहरुले पार्टीबाट अलगिएको घोषणा गरेका हुन् । साझाले बिहीबार ३७ केन्द्रीय सदस्य थपेको थियो।

केन्द्रीय सदस्यद्वय पौडेल र अर्यालले व्यक्तिगत र अरू विभिन्न कारणले गर्दा पार्टीमा सक्रिय हुन र अहिले समय दिन नसक्ने पार्टीलाई जानकारी दिएका थिए ।

यसअघि गत असारमा साझाका सचिवालय सदस्य तथा प्रवक्ता सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी छाडेका थिए । साझा अन्य पार्टी तथा समूहसँग एकताको गृहकार्य र संगठन विस्तारमा लागेका छ ।

हिजो मात्र साझा संयोजक रवीन्द्र मिश्रले देश–विदेशमा रहेका विभिन्न अभियान तथा नागरिक समूहहरू, पुराना दलका इमानदार, कर्मठ र देशभक्त नेता, सदस्य तथा शुभेच्छुकहरू सबैलाई एक जुट हुन आह्वान गरेका थियो ।  तर नेताहरुले निरन्तर पार्टी जोड्ने क्रम जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप