शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधिलाई धम्की : ‘गुण्डा नाइके’ राधे भण्डारी पक्राउ

शुक्रबार, २३ असोज २०७७, ०९ : १०
शुक्रबार, २३ असोज २०७७

काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको अरोप लाग्दै आएका राधे भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको अभियोगमा उनलाई पक्राउ गरिएको धादिङक प्रहरी उपरिक्षक (एसपी) महेन्द्र खड्काले रातोपाटीलाई बताए ।

सिद्धलेक गाउँपालिकामा राधेले क्रसर सञ्चालन गरेका छन् । बालुवा निकाल्ने ठेक्काको म्याद समाप्त भएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालेपछि स्थानीय निकायले ‘त्यसो नगर्न’ भने । तर, राधेले उल्टो जनप्रतिनिधिलाई धम्की दिए ।

प्रहरीले उनको क्रसर पनि बन्द गराएको छ । अर्काको नाममा ठेक्का पारेर उनले सिद्धलेकमा बालुवा र गिट्टी निकाल्दै आएका थिए । नेपाली काँग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत रहेका भण्डारीले धादिङमा हुने ठेक्का पट्टा र अवैध बालुवा खानीको कमिशनमा एकछत्र राज गर्दै आएको स्थानीय बताउँछन् ।

तीन वर्षअघि धादिङवेशीको शान्तबजार चोकमा राधेले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटेका थिए । ०७० असार २१ मा धादिङबाट काठमाडौँ आउँदै गर्दा चरीलाई गोली हानेपछि राधे चर्चामा आए ।

सो घटनामा राधे डेढ लाख धरौटीमा छुटे । ०७१ साउन २१ मा चरी भीमढुंगामा प्रहरीको इन्काउन्टरमा चरी मारिएपछि धादिङको गुण्डागर्दीमा राधे समूहले पकड राख्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप