बुधबार, ०५ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपालमा यसरी सुरु भयो प्लाज्मा दान अभियान

खुल्न थाले संक्रमित, अन्य संक्रमितको सहयोगका लागि जुट्दै
शुक्रबार, २३ असोज २०७७, ०८ : २५
शुक्रबार, २३ असोज २०७७

काठमाडौं । कोरोना संक्रमण कसरी सर्छ भनेर थाहा नपाउने सायद कमै होलान् । नेपालमा कोरोनाभाइरसको संक्रमण देखिन थालेको ७ महिना पुगिसक्यो तर अझै संक्रमितलाई हेर्ने दृष्टिकोण र व्यवहारमा सकारात्मक परिवर्तन खासै पाइँदैन ।

चन्द्रागिरी नगरपालिकास्थित नैकापका प्रकाश भुजेललाई साउन ३० गते कोरोना संक्रमण भएको पुष्टि भयो । सावधानी अपनाउँदा अपनाउँदै भुजेलको परिवारका १४ सदस्यमध्ये केहीलाई संक्रमणको लक्षण देखिएपछि उनीसँगै ७ जना सदस्यको पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो ।

परिवारका अन्य ७ सदस्य भने कोरोना परीक्षण नगरिकन होम आइसोलेशनमा बसे । सबै सदस्य होम आइसोलेनमा बस्दा दैनिक अतिआवश्यक उपभोग्य बस्तु पानी, दुध तथा औषधि लगायतका सामग्री पसलसम्म पुगेर ल्याइदिने समेत कोही भएनन् । सहयोगी हात नहुुँदा १४ दिनको आइसोलेशनको बसाई उनीहरुका लागि कठोर गुफाबास जस्तो भयो ।

परिवारमा सबै सदस्य संक्रमित भएको थाहा पाएपछि भुजेलका केही साथी सहयोगी भूमिकाका लागि आउन चाहन्थे तर कहिले बन्द, कहिले सवारी जोरबिजोर प्रणालीले समस्या हुन्थ्यो ।

पछिल्लो समय केही संक्रमितले खुलेर आफु संक्रमित भएको बताउन थालेका छन् तर भुजेलको परिवार आइसोलेशनमा बस्दा सरकारले नै संक्रमितको गोपनीयता राख्न भन्थ्यो भने परिवारै संक्रमित भन्ने थाहा पाएपछि छरछिमेकीहरु त्यो घरको बाटो नै हिँड्न छाड्थे ।

आइसोलेशनमा बस्ने क्रममा उनले एक जना संक्रमणमुक्त व्यक्तिले अर्को संक्रमितलाई बचाउन सक्छ भन्ने कुरा मिडियामार्फत थाहा पाए । सोही क्षण उनले आफु संक्रमणमुक्त भएपछि अन्य संक्रमितको सहयोगका लागि जुट्ने अठोट गरे ।

आवश्यक परेका बेला औषधि, पानी, बच्चालाई दुध लगायतका सामान किन्न पसलसम्म जान नसक्ने, संक्रमितलाई समुदायले हेर्ने दृष्टिकोण, परिवारका वृद्धवृद्धालाई लक्षणले च्याप्दा उनीहरु असहायजस्तै भएका थिए । घरमै एक अर्कालाई हौसला दिँदै आइसोलेशनमा बस्दा भुजेलले संक्रमणकै कारण जीवनमरणको दोसाँधमा परेका बिरामी, संक्रमणकै कारण उपचार नपाएर ज्यान गुमाएका परिवारका सदस्यहरूले कस्तो समस्या भोगे होलान् भन्ने सहजै अनुमान गर्न थाले ।

आइसोलेशनमा बस्ने क्रममा उनले एक जना संक्रमणमुक्त व्यक्तिले अर्को संक्रमितलाई बचाउन सक्छ भन्ने कुरा मिडियामार्फत थाहा पाए । सोही क्षण उनले आफु संक्रमणमुक्त भएपछि अन्य संक्रमितको सहयोगका लागि जुट्ने अठोट गरे ।

त्यसपछि कोरोना संक्रमण भएर अस्पताल र घरमा आइसोलेशनमा बसेका ४÷५ जनासँग संवाद गरेर ‘मैले जितेँ कोरोना, म गर्छु (प्लाज्मा) रक्तदान’ अभियानको जन्म भयो । सामाजिक संजालमार्फत यस अभियान धेरै जना जोडिएका छन् ।

एक जना कोरोनाभाइरस संक्रमणमुक्त व्यक्तिले प्लाज्मा दान गरेमा तीन जना संक्रमितको ज्यान जोगाउन सकिन्छ । कोरोनाभाइरस (कोभिड १९) भएर अस्पताल भर्ना भएका बिरामीलाई लक्षणमा आधारित उपचार भइरहेको छ । कोरोनाभाइरस संक्रमितको औषधि–उपचार पत्ता लागेको छैन । तर विश्वमा उपचारको लागि ट्रायलका रुपमा खोप, औषधि, प्लाज्मा थेरापीको क्लिनिकल ट्रायल चलिरहेको छ ।

नेपालमा भइरहेको क्लिनिकल ट्रायलमा प्लाज्मा थेरापीको प्रभाव राम्रो भएको विज्ञहरूको भनाइ छ । त्यसैले ‘मैले जितेँ कोरोना, म गर्छु (प्लाज्मा) रक्तदान’ अभियानले संक्रमणमुक्त भएका सबैलाई सामाजिक सञ्जाल र अन्य जनचेनतामूलक कार्यक्रममार्फत संक्रमणमुक्त भएको दुई हप्तापछि प्लाज्मा दान गरेर संक्रमितलाई बचाउन आग्रह गर्दै आएको छ ।

प्लाज्मा थेरापीका बारेमा जनचेतना कम हुँदा कोरोना संक्रमण मुक्त भएकालाई स्वास्थ्यकर्मीले सम्झाउँदासमेत तत्काल दान गर्न नमानेका धेरै उदाहरण छन् । यस अभियानमा सहभागी संक्रमण मुक्त धेरै मानिसले परिचय खुलाउन चाहँदैनन् । विगतमा १० औँ पटक रक्तदान गरेका व्यक्ति कोरोना मुक्त भएपछि भने प्लाज्मा दान गर्न नमानेको भुजेल सुनाउँछन् ।

अन्य अस्पतालको तुलनामा बढीजसो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अभियानमार्फत आएका कोरोनामुक्त   व्यक्तिहरूले दान गर्दै आएका छन् । अन्य अस्पतालमा एक व्यक्तिले एक जनालाई मात्रै प्लाज्मा दान गर्न सक्छ भने टिचिङ अस्पतालमा प्रविधि फरक भएकाले प्लाज्मा दिने व्यक्तिको तौलअनुसार एक व्यक्तिले ४ जनासम्मलाई प्लाज्मा दान गर्न सकिन्छ ।

सरकारी र निजी अस्पतालहरूसँग सहकार्य गरेर सुरुमा उनी लगायत १८ जनाले प्लाज्मा दान गरेका थिए ।

प्लाज्मा आवश्यक परेमा यस अभियानको फेसबुक पेजमा गएर जानकारी गराउनुपर्छ । त्यसपछि अभियानको इन्टर्नल टिमले सल्लाह गरेर प्लाज्मा दान गर्न तयारी अवस्था रहेको व्यक्तिलाई पठाउने गर्छ ।

अन्य अस्पतालको तुलनामा बढीजसो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अभियानमार्फत आएका कोरोनामुक्त   व्यक्तिहरूले दान गर्दै आएका छन् । अन्य अस्पतालमा एक व्यक्तिले एक जनालाई मात्रै प्लाज्मा दान गर्न सक्छ भने टिचिङ अस्पतालमा प्रविधि फरक भएकाले प्लाज्मा दिने व्यक्तिको तौलअनुसार एक व्यक्तिले ४ जनासम्मलाई प्लाज्मा दान गर्न सकिन्छ ।


अभियानमा सहभागी भए पनि कतिपयले प्लाज्मा दान गर्न हिच्किचाउने गरेको भुजेल बताउँछन् । घरबेटी, साथीभाइलाई आफुमा संक्रमण भएको कुरा लुकाएर निको भएकाहरू प्लाज्मा दानको बारेमा थाहा भएर पनि दान गर्न डराउने गरेको उनको भनाइ छ । संक्रमणमुक्त भएको व्यक्तिले नयाँ संक्रमितलाई जीवन दिन सक्ने भएकाले पवित्र कार्यमा कसैले डर र कञ्जुस्याइँ गर्न नहुने भुजेल ठान्छन् ।

कोरोना संक्रमित काठमाडौं उपत्यका लगायत देशभर बढिरहँदा अस्पतालका आइसियु र भेन्टिलेटर भरिन थालेका छन् । सरकारी तथा निजी अस्पतालका आइसोलेशन बेडसमेत भरिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही दरमा संक्रमित बढ्दै गएमा धान्न नसक्ने भन्दैआएको छ ।

कोरोनाभाइरस संक्रमण भएर आइसियु, भेन्टिलेटरमा मृत्युसँग जुधिरहेका व्यक्तिलाई बचाउन स्थानीय, प्रदेशिक र केन्द्र सरकारले प्लाज्मा थेरापीका बारेमा जनचेनता फैलाउन आवश्यक रहेको भुजेल बताउँछन् । संक्रमित भएर होम आइसोलेशनमा बसेका व्यक्तिलाई मनोवैज्ञानिक तथा अन्य सहयोगका लागि आगामी दिनमा स्थानीय, प्रदेश र केन्द्र सरकारले कम्तीमा एक वार्डमा एक जना स्वयंसेवक खटाउन जरुरी रहेको उनी ठान्छन् ।

बाध्य भएर अति आवश्यक सामान किन्न पसलसम्म कुनै संक्रमित पुगेको खण्डमा कोरोना संक्रमितले सजगता अपनाए पनि अरुलाई संक्रमण हुन सक्ने उनको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप