केन्द्रीय संस्करण
जीवनशैली

के हो किटो डाइट ? के यसले साँच्चै ज्यानै लिन्छ ?

किटो डाइट रोज्ने कि सन्तुलित भोजन ?

person explore access_timeअसोज २३, २०७७ chat_bubble_outline0

 

 

आधुनिक जीवनशैलीले जन्माएको असन्तुलित आहारविहार र दिनचर्याको एउटा खराब नतिजा अनावश्यक मोटोपन भएको छ । त्यो मोटोपनबाट मुक्ति पाउनका लागि मानिसहरु विभिन्न उपायहरु अपनाउने गर्छन् । तीमध्ये एउटा उपाय हो– खानपानको पथपरहेज । यस सिलसिलामा सबैभन्दा चर्चामा आउने गर्छ – किटो डाइट । तर यो किटोडाइट पनि विवादमुक्त भने छैन । केही दिनअघिको कुरा हो– हिन्दी र बांग्ला फिल्मकी अभिनेत्री मिस्टि मुखर्जीको मृगौलाले काम गर्न बन्द गरेका कारण निधन भयो । २७ वर्षकी अभिनेत्री किटो डाइटमा रहेको र यसै कारण उनको स्वास्थ्यमा खराबी देखिएको मिस्टि मुखर्जीको प्रतिनिधिलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमले जानकारी दिएका छन् ।

किटो डाइटका कारण मृत्यु भएको भनिएकी अभिनेत्री मिस्टी मुखर्जी । https://static.abplive.com

अभिनेत्रीको मृत्यु साँच्चै नै किटो डाइटका कारण नै भएको हो भनेर आधिकारिक बयान सार्वजनिक भइसकेको छैन यद्यपि, उक्त घटनाले नकारात्मक कोणबाट नै भए पनि किटो डाइटलाई फेरि चर्चामा भने ल्याएको छ । त्यसो त किटो डाइट नेपालमा पनि लोकप्रिय बन्दै गएको छ । थुप्रै सञ्चारकर्मी, मोडल र विभिन्न व्यक्तित्वले पछिल्लो समय किटो डाइट अनुसरण गर्न थालेका छन् । यस्तोमा नायिका मिस्टिको मृत्युले धेरैले झक्झकाएको पनि हुनसक्छ । आखिर के हो त किटो डाइट ? के यसले साँच्चै नै मानिसको ज्यानै लिन सक्छ त ? यसबारे रातोपाटीले नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर र बयोधा अस्पतालमा क्लिनिकल न्यूट्रिसनिष्टका रुपमा कार्यरत योगिता सापकोटासँग कुराकानी गरेको छ ।

किटो डाइट के हो?

स्टाण्डर्ड केटोजेनिक डाइट (Standard Ketogenic Diet (SKD))  मा न्युन कार्बोहाइड्रेट (१०%), मध्यम प्रोटिन (२०%) र उच्च चिल्लो (७०%) समावेश गरिएको हुन्छ ।’

किटोजेनिक डाइटसमेत भनिने किटो डाइट एउटा यस्तो डाइट हो जसमा कार्बोहाइड्रेटको मात्रा घटाएर न्यून बनाइ, चिल्लो र प्रोटिनको मात्रा बढाइएको हुन्छ ।

१९२४ मा बालबालिकामा छारे रोगको उपचारको निम्ति किटो डाइटको प्रयोग सुरुवात गरिएको थियो । उक्त डाइटमा कार्बोहाइड्रेट ४%, प्रोटिन ६%, चिल्लो ९०%, समावेश गरिएको थियो ।

क्लिनिकल न्यूट्रिसनिष्ट योगिता सापकोटा भन्छिन्, ‘समान्यताय किटो डाइटमा ५० ग्राम भन्दा कम कार्बोहाइड्रेट समावेश गरिएको हुन्छ । किटो डाइटले शरीरमा किटोसिश गराउँदछ । किटोसिश शरीरको एउटा मेटाबोलिक अवस्था (Metabolic State)  हो जसमा शरीरको शक्तिको स्रोत ग्लुकोजको अभावमा किटोन बडीज बन्दछ र मस्तिकलाई शक्ति प्रदान गर्दछ । स्टाण्डर्ड केटोजेनिक डाइट (Standard Ketogenic Diet (SKD))  मा न्युन कार्बोहाइड्रेट (१०%), मध्यम प्रोटिन (२०%) र उच्च चिल्लो (७०%) समावेश गरिएको हुन्छ ।’

उनी थप्छिन्, ‘यो डाइटमा चिल्लोको स्रोतहरु जस्तै घ्यू, बटर, चिज, जैतुनको तेल, एभोकाडो, आलस, एक दुई किसिमका साग, कुखुरा–खसीको मासु, माछा, अण्डा प्रयोग गरिन्छ । यसमा फलफूल भने खानु मिल्दैन । सुरुवात अवस्थामा प्रयोग गरिएको किटो डाइटको विभिन्न रुपान्तरित डाइट नै अहिलेको अवस्थामा प्रयोगमा आएको पाइन्छ ।’

कसरी हुन्छ तौल कम?

योगिताका अनुसार किटो डाइटले दुई–तीन दिनदेखि नै असर देखाउन थाल्छ । हप्ता–१० दिनभित्र यसको असर मज्जाले देखिन थाल्छ ।

योगिता भन्छिन्, ‘किटोजेनिक डाइटमा कार्बोहाइड्रेट मात्रा न्युन (५० ग्रामभन्दा पनि कम)हुन्छ २ देखि ४ दिन सम्म कम कार्बोहाइड्रेट भएको किटो डाइट खाँदा शरीरमा ग्लुकोजको सञ्चय कम हुन थाल्छ । शरीरमा चिल्लोको सामान्य अक्सिडेसन र केन्द्रीय स्नायु प्रणालीमा ग्लुकोजको आवश्यकता पर्दछ । केन्द्रीय स्नायु प्रणालीले ग्लुकोजको अभावमा बोसीय अम्लहरु (Fatty Acids) लाई प्रयोग गर्न सक्दैन । फलतः तीनदेखि चार दिनमा कार्बोहाइड्रेट बन्देज गरिएको किटो डाइट खाएको अवस्थामा केन्द्रीय स्नायु प्रणालीले वैकल्पिक शक्तिको स्रोत खोज्दछ । यो अवस्थामा कलेजोमा चिल्लो टुक्रिएर किटोन बडिज् बनेको हुन्छ । शरीरको चिल्लो टुक्रिने यही क्रममा तौल घट्दछ ।’

योगिता भन्छिन्, ‘किटोजेनिक डाइटमा कार्बोहाइड्रेट मात्रा न्युन (५० ग्रामभन्दा पनि कम)हुन्छ २ देखि ४ दिन सम्म कम कार्बोहाइड्रेट भएको किटो डाइट खाँदा शरीरमा ग्लुकोजको सञ्चय कम हुन थाल्छ । शरीरमा चिल्लोको सामान्य अक्सिडेसन र केन्द्रीय स्नायु प्रणालीमा ग्लुकोजको आवश्यकता पर्दछ । केन्द्रीय स्नायु प्रणालीले ग्लुकोजको अभावमा बोसीय अम्लहरु (Fatty Acids) लाई प्रयोग गर्न सक्दैन । फलतः तीनदेखि चार दिनमा कार्बोहाइड्रेट बन्देज गरिएको किटो डाइट खाएको अवस्थामा केन्द्रीय स्नायु प्रणालीले वैकल्पिक शक्तिको स्रोत खोज्दछ । यो अवस्थामा कलेजोमा चिल्लो टुक्रिएर किटोन बडिज् बनेको हुन्छ । शरीरको चिल्लो टुक्रिने यही क्रममा तौल घट्दछ ।’

योगिताका अनुसार तपाईंको कलेजो वा पित्त थैलीमा पहिलेदेखि नै कुनै समस्या छ भने तपाईंले यो डाइटबाट हुने दुष्परिणाम दुई वा तीन दिनमा नै देख्न थाल्नुहुन्छ । तर कुनै समस्या छैन भने यसको गलत प्रभाव देखिन तीनदेखि चार महिना लाग्न सक्छ ।

शरीरमा किटो डाइटको असर

योगिता भन्छिन्, ‘साधारणतया एक दिनमा शरीरलाई जम्मा क्यालोरीको २५ देखि ३० प्रतिशत फ्याट चाहिन्छ । तर किटो डाइटमा यो बढेर ७०–९० प्रतिशत हुन्छ, यसको असर तपाईंको कलेजो र पित्त थैलीमा पर्नेछ ।’

यहाँ अब ऊर्जाको स्रोत कार्बोहाइड्रेट नभएर फ्याट्स हो । तपाईंको तौल त कम भइरहेको छ तर तपाईंको कलेजो र पित्तथैलीका लागि तपाईंले सेवन गरिरहनुभएको फ्याटलाई पचाउन मुश्किल हुन्छ किनभने तपाईंको शरीरले २५ देखि ३० प्रतिशत फ्याट पचाइरहेको हुन्छ र तपाईं किटो डाइटमा गएपछि यसले एक दिनमा ९० प्रतिशतसम्म फ्याट पचाउनुपर्नेछ ।

किटो डाइट अनुसरण गरेपछि विभिन्न समस्या निम्तिन सक्छन् ।

क्लिनिकल न्यूट्रिसनिष्ट योगिता भन्छिन्, ‘यस्तोमा तपाईंका यी दुबै अंगले यसलाई पचाउन थुप्रै गुणा बढी मिहिनेत गर्नुपर्ने हुन्छ । तपाईंको कलेजोमा समस्या छ भने यसले जन्डिस पनि निम्त्याउन सक्छ । यसले पित्त थैलीमा पत्थरी पनि बन्न सक्छ । हड्डीमा मिनरल्सको घनत्व पनि कम हुनसक्छ, शरीरमा भिटामिन र मिनरल्सका कमी हुनसक्छ । यस्ता समस्या लामो समयपछि देखिने गर्छ ।’

‘किटो डाइट अनुसरण गरेलगत्तै पनि धेरैलाई समस्या देखिन थाल्छ । जसमध्ये वाकवाकी लाग्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, निद्रा नलाग्ने, कब्जियत हुने, पाखाला चल्नेलगायतका समस्या देखिन सक्छन् । यी असरहरु केह दिन वा हप्तामै देखा पर्न सक्दछ । यी असरहरुलाई संयुक्तरुपमा किटो फ्लु (Keto Flu) भनिन्छ । यसलाई कम गर्न पर्याप्त मात्रामा पानी र झोल पर्दाथ पिउनु पर्दछ,’ योगिता भन्छिन् ।

क्लिनिकल न्यूट्रिसनिष्ट योगिता भन्छिन्, ‘यस्तोमा तपाईंका यी दुबै अंगले यसलाई पचाउन थुप्रै गुणा बढी मिहिनेत गर्नुपर्ने हुन्छ । तपाईंको कलेजोमा समस्या छ भने यसले जन्डिस पनि निम्त्याउन सक्छ । यसले पित्त थैलीमा पत्थरी पनि बन्न सक्छ । हड्डीमा मिनरल्सको घनत्व पनि कम हुनसक्छ, शरीरमा भिटामिन र मिनरल्सका कमी हुनसक्छ । यस्ता समस्या लामो समयपछि देखिने गर्छ ।’

किटो डाइटका अन्य बेफाइदा

योगिताका अनुसार किटो डाइटको असर व्यक्तिअनुसार भिन्न हुने पाइएको छ । कोही व्यक्तिमा यसको असर देखिन्छ भने सबैमा एकै किसिमको असर नदेखिन पनि सक्छ ।

योगाहार न्यूट्रिसन कन्सल्टेन्सी प्रा.लि.की संस्थापकसमेत रहेकी योगिता भन्छिन्, ‘ जो व्यक्तिलाई अनियन्त्रित मधुमेह छ र इन्सुलिन वा खाने औषधीको प्रयोग गरिरहेका छन्, उनीहरुमा सुगर लेभल घट्न गई रगतमा चिनीको मात्रा कमी हुने समस्या  (Hypoglycaemia)  भएको पाइन्छ । यस्तै किटो डाइट अनुसरण गर्ने व्यक्तिहरुमा जलविनियोजन (Dehydration)  र लवणहरुको असन्तुलन  (Electrolyte Imbalance)  हुन सक्ने भएकाले रक्तचापमा असन्तुलन हुनसक्ने जोखिम हुन्छ ।’

उनी थप्छिन्, ‘किटो डाइटमा चिल्लो र प्रोटिनको मात्रा अत्याधिक बढी हुने भएकाले पाचन प्रक्रियामा गडबड हुन सक्ने सम्भावना हुन्छ । विशेष गरी जनावरहरुमा आधारित प्रोटिन जस्तै माछा, मासु, अण्डा बढी समावेश गरिएको किटो डाइट अनुसरण गर्दा यी खानेकुराहरुले शरीरमा बढी अम्ल उत्पादन गरी एसिडिटीको समस्या गराउन सक्दछ । साथै, किटो डाइटमा चिल्लो र प्रोटिनको स्रोत बढी समावेश हुन्छ र कार्बोहाइड्रेटको स्रोत न्यून हुन्छ । जसकारण तरकारी, फलफूल अति न्यून मात्रामा समावेश गरिएको हुन्छ । यसकारण किटो डाइटमा रेसादार खानेकुरा पर्याप्त हुँदैन । परिणामस्वरुप यसले कब्जियतको समस्या निम्त्याउँछ ।’

कस्ता समस्या भएकाहरुले किटो डाइट अपनाउनु हुँदैन?

टाइप वान डायबिटिजका रोगी, इन्सुलिन र औषधीको सेवन गरिरहेका टाइप टु डायबिटिजका रोगीले किटो डाइट अनुसरण गर्नुहुँदैन । यस्तै, मृगौला रोगी, पित्तथैलीमा पत्थरीको समस्या हुनेहरु, गर्भवती र स्तनपान गराइरहेका महिला किटो डाइटबाट टाढै बस्नुपर्ने योगिताको सल्लाह छ ।

कस्तो बेला किटो डाइटको सल्लाह दिइन्छ?

योगिताका अनुसार अत्यधिक मोटोपन भएका कारण तौल घटाउन जरुरी भएका व्यक्ति, अटिजम, माइग्रेन, डिप्रेशन, स्नायुसम्बन्धी समस्या भएका व्यक्ति, औषधिलाई प्रतिरोध गर्ने छारेरोग (Drug Resistant epilepsy)  हरुमा काम्ने समस्यालाई घटाउन, चय–पचयसम्बन्धी समस्या भएकाहरु (Metabolic diseases),  डिम्बाशयबाट एउटाको सट्टा अत्यधिक अण्डाहरु निश्कासन हुने समस्या (Polycystic ovarian syndrome), मोटोपनका कारण डायबिटिज भएकाहरुलाई यो डाइटको आवश्यकता छ ।

उनी भन्छिन्, ‘किटो डाइट अहिले निक्कै नै लोकप्रिय भएको छ । यसको परिणाम छोटो अवधिमै महसुस गर्न सकिन्छ । तर यो डाइट दीर्घकालीन रुपमा अनुसरण गर्न कठिनाई हुन्छ । आर्थिक रुपले पनि यो डाइट महँगो छ । म एक क्लिनिकल न्यूट्रिसनिष्ट भएको नाताले किटो डाइटको सट्टामा सन्तुलित भोजन अनुसरण गर्न सल्लाह दिन्छु ।’ 

के यसले मृत्यु नै हुन्छ त?

योगिता भन्छिन्, ‘किटो डाइट गरेकै कारण मृत्यु हुने कुरा कुनै पनि अनुसन्धानले पुष्टि गरेको पाइँदैन ।’ लेखको शुरुमा उल्लेख गरिएका नायिकको प्रसंग सोध्दा उनी भन्छिन्, ‘भारतकी नायिकाको सवालमा भन्नु पर्दा ती नायिकालाई पहिलेदेखि नै मृगौलाको समस्या थियो भन्ने समाचार पढेको थिएँ । त्यसैले पहिले नै अस्वस्थ व्यक्तिले पोषण विशेषज्ञसँग सल्लाह गरेर मात्र यस्ता डाइट अनुसरण गर्नु उपयुक्त हुन्छ ।’

उनी भन्छिन्, ‘किटो डाइट अहिले निक्कै नै लोकप्रिय भएको छ । यसको परिणाम छोटो अवधिमै महसुस गर्न सकिन्छ । तर यो डाइट दीर्घकालीन रुपमा अनुसरण गर्न कठिनाई हुन्छ । आर्थिक रुपले पनि यो डाइट महँगो छ । म एक क्लिनिकल न्यूट्रिसनिष्ट भएको नाताले किटो डाइटको सट्टामा सन्तुलित भोजन अनुसरण गर्न सल्लाह दिन्छु ।’ 

अन्त्यमा योगिताले किटो डाइट मात्र नभई कुनै पनि पोषण सम्बन्धी सही जानकारी पाउन त्यसलाई स्वस्थकर ढंगले दैनिक जीवनमा अपनाउन एउटा दक्ष र प्रमाणित पोषण र आहारविदसँग परामर्श लिनु आवश्यक भएको बताएकी छिन् । उनले गुगल र युट्युबजस्ता सामाजिक सञ्जालमा पाइने सूचनाहरुको भर परेर जथाभावी विभिन्न किसिमका डाइट प्रयोग नगर्न पनि सुझाएकी छिन् । उनको भनाइमा, सुन्दा मीठो लाग्ने त्यस्ता कुराहरुले दीर्घकालमा स्वास्थ्यमा नकारात्मक असर पार्ने खतरा बढी रहन्छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.