बाइडेनसँगको बहसमा सहभागी हुन ट्रम्प अनिच्छुक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिश्पर्धी जोन बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन अनिच्छा व्यक्त गरेका छन् । अर्को हप्ता हुने तय भएको बसहमा आफु सहभागी हुन नचाहेको उनले विहीबार जानकारी दिएका हुन् । कोरोनाभाइरसबाट सङ्क्रमित भइ अस्पताल बसेर फेरि निवास फर्किएका ट्रम्पले आफू अझै उपचारकै क्रममा रहेको पनि उल्लेख गरेका छन् ।
“म भर्चुअल बहसमा सहभागी हुन गइरहेको छैन,” फक्स न्युजसँग राष्ट्रपति ट्रम्पले भने । राष्ट्रपतीय बहस आयोगले दोस्रो बहसको तयारी गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनीहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्थीले बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिएका हुन् ।
अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतिय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व राष्ट्रपति विडेन डेमोक्र्याटको तर्फबाट प्रतिश्पर्धा गर्न लागेका छन् । त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको पक्षबाट वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको पक्षबाट कमला ह्यारिसका बीचमा प्रतिश्पर्धा हुन लागेको छ । उनीहरुका बीचमा पहिलो बहस बिहीबार भएको थियो । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा