बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अन्ततः युएईमै अस्ताए इस्तखार, शव नेपाल पठाइदिन परिवारको अपिल

बिहीबार, २२ असोज २०७७, २१ : १९
बिहीबार, २२ असोज २०७७

युएई । करिब २ महिना देखि दुबईको रसिद अस्पतालको  कोमामा उपचार गराइ रहेका पर्सास्थित वीरगञ्ज–२ का इस्तखार मियाँ ठकुराइको मृत्यु भएको छ। लामो समय देखि दुबईको रसिद अस्पतालमा लिभर र मिर्गौलाको उपचार गराइ रहेका मियाँको मृत्यु भएको हो।

वैदेशिक रोजगारीका लागि यूएई आएका ठकुराइले विगत २  महिनादेखि दुवईको रसिद अस्पतालमा लिभर र मिर्गौलाको उपचार गराई राखेका थिए।कोमामा भेन्टिलेटरको सहायताले श्वासप्रश्वास गर्दै आएका ठकुराइलाई पछिल्लो समय मस्तिष्कमा पनि समस्या देखिएको थियो।

विदेशमा धेरै पैसा कमाइ परिवारको भविष्य सजाउने योजना बुन्दै गरेका ठकुराइ विगत ५ वर्षदेखि दुवईको सतुवामा रहेको एक टेलरिङ कम्पनीमा काम गर्थे।न्युन आर्थिक अवस्था रहेको ठकुराइ परिवारको मुख्य आम्दानीको स्रोत वैदेशिक रोजगारीमा रहेका इस्तखार नै थिए ।तर उनको मृत्युसँगै परिवार विचल्लीमा परेका छन्।

उनको कमाईबाट दैनिक जीवनयापन गर्दै आएका परिवारमा श्रीमती,३ छोरी, १ छोरा र बुढी आमा रहेका छन् ।तर कमाउने मुख्य मान्छे नै नभएपछि परिवार अहिले विचल्लीमा परेको हो।लामो समयसम्म अस्पतालको शैयामा आफ्नो बुवा मृत्युसँग लड्दै गर्दा छोरी गुलाप्साले सहयोगको अपेक्षा गरेकी थिइन्। तर दुर्भाग्य गत हप्ता उनको उपचारको क्रममा  दुबईको रसिद अस्पतालमा मृत्यु भयो।

छोरी गुलाप्साले आफ्नो बुवाको शव नेपाल पठाइदिन अनुरोध गरेकी छिन्। उनले भनिन्, सास नपाए पनि बुवाको लाश मात्रै भएपनि एक चोटि अनुहार हेर्ने परिवारको धोको छ।

उनले नेपाली दूतावास युएईलाई समेत सहयोग गरिदिन अनुरोध गरेकी छिन् । यता कम्पनीले ठकुराइको शव नेपाल पठाउने तयारी गरिरहेको जनाएको छ।कम्पनीका अनुसार छिट्टै कानुनी प्रक्रिया पुरा गरी शव नेपाल पठाउन लागेको बताएको हो।

वीरगञ्जको घण्टाघर नजिकै एक म्यानपावर एजेन्सीबाट ५ वर्ष अघि ठकुराइ युएई आएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप