शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भन्सार छलेर ल्याएका २० भैंसीसहित २ जना पक्राउ

बिहीबार, २२ असोज २०७७, १८ : ५७
बिहीबार, २२ असोज २०७७

काठमाडौं । बारा प्रहरीले भन्सार छलेर ल्याएका २० वटा भैसीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका फेटा गाउँपालिका १ का २३ वर्षीय अरुण हजारा र सोही ठाउँ बस्ने १९ वर्षीय निकेश पासवान रहेका छन् ।

उनीहरुले भारतबाट ३ लाख १८ हजार मूल्य पर्ने भैंसी  भन्सार छलेर चोरी पैठारी गरी ल्याएको प्रहरीको आरोप छ । भैंसीसहित पक्राउ परेका उनीहरुलाई भन्सार ऐनअनुसार आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप