उपप्रध्यापकमाथि आक्रमण गर्नेलाई कारवाहीको माग
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्राध्यापक संगठनहरुले माग गरेका छन । घटना भएको तीन दिनसम्म पनि अपराधि पक्राउ नपरेको भन्दै नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै उपकुलपति धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र पनि बुझाएका छन् । असोज २० गते त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण भएको थियो ।
आक्रमणमा संलग्न अपराधिलाई तत्काल पक्राउ गरी कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी पनि प्राध्यापक संगठनहरुले दिएका छन् । विश्वविद्यालय प्रशासनले घटनालाई गम्भिर रुपमा लिएर अपराधीलाई तत्काल कारवाहीको दायरामा ल्याउन पहल गर्नुपर्ने माग गर्दै संगठनहरुले उपकुलपति बास्कोटालाई ज्ञापनपत्र बुझाएका हुन् ।
दिनदहाडै विश्वविद्यालयको हाताभित्र जघन्य आपराधिक घटना हुनु विश्वविद्यालय, प्राध्यापक, कर्मचारी र विद्यार्थीका लागि गम्भिर चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै उपकुलपति बास्कोटाले विश्वविद्यालय हाताभित्र प्राध्यापकमाथि आक्रमण हुनु दुःखद भएको बताए । अपराधीलाई तत्काल पक्राउ गरी कारवाहीको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पुस्ताले क्रान्तिको झन्डालाई अझ उचाइमा पुर्याउने विश्वास लिएको छु : पवन कार्की
-
चार दिनयता सुनको मूल्य स्थिर, चाँदीको घट्यो
-
हतारमा पार्टी एकता भन्दा प्रचण्डको ध्यान अर्कैतिर
-
कर विवाद : क्यानडा र मेक्सिकोसँग ट्रम्पले वार्ता गर्ने
-
नारायणघाट बुटवल सडक विस्तार : १८ स्थानमा कालोपत्र गरिँदै
-
दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली