बेलायतमा लकडाउनताका ८६ प्रतिशत संक्रमित लक्षणविहीन

एजेन्सी । बेलायतमा भएको एक अध्ययनअनुसार लकडाउनका दौरान कोभिड १९ संक्रमित पाइएकामध्ये ८६ प्रतिशत मानिसमा कुनै लक्षण देखिएको थिएन । द युनिभर्सिटी कलेज लण्डन (युसिएल) का शोकर्ताहरुले गरेको अध्ययनपछि यो रिपोर्ट बिहीबार सार्वजनिक भएको हो ।
यो अध्ययन रिपोर्ट क्लिनिकल इपिडेमियोलोजीमा प्रकाशित छ । अध्ययनमा सहभागी लेखकहरुले यस अवस्थालाई भाइरसको मौन चरण अर्थात् साइलेन्ट ट्रान्समिशन भनेका छन् । उनीहरुकाअनुसार यस्तो स्थितिमा भाइरसको मौन फैलावटलाई रोक्नका लागि वर्तमान अवस्थाको तुलनामा अत्याधिक परीक्षण आवश्यक पर्छ ।
युसिएलको इपिडेमियोलोजी एन्ड हेल्थ केयर विभागका प्रोफेसर आइरीन पिटरसनले लक्षणविहीन संक्रमितको ठूलो संख्या देखिनुको अर्थ भविष्यमा परीक्षण रणनीति बदल्नुपर्ने संकेत रहेको बताए । उनकाअनुसार अत्याधिक चेकजाँच गर्दा भाइरसको मौन फैलावटलाई रोक्न सहयोग मिल्नेछ र भविष्यमा संकटबाट राहत मिल्ने सम्भावना पनि धेरै हुन्छ ।
उनले सबै मानिसहरुको समूहमा परीक्षण कार्यक्रम व्यापकताका साथ लैजान जरुरी भएको बताए । उद्योग र विश्वविद्यालयजस्ता धेरै मानिस जम्मा हुने स्थानमा परीक्षण कार्यक्रम चलाउनुपर्ने सुझाव उनले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
-
शिक्षकहरूको आन्दोलन र वार्ता सँगसँगै, प्रदर्शनका तस्बिरहरू
-
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
-
धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने
-
उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रवाहमा अलग गर्न आयोगको सुझाव
-
शिक्षकहरू आन्दोलन गर्न काठमाडौँ आउनु दलहरूका लागि लज्जाको विषय : गगन थापा (भिडियोसहित)