बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वर्डलिंक र फेसबुकबीच सहकार्यको घोषणाः ७ हजार ५ सय स्थानमा निःशुल्क वाईफाई उपलब्ध हुने

बिहीबार, २२ असोज २०७७, १७ : १७
बिहीबार, २२ असोज २०७७

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ड लिंक र फेसबुकबीच एक्सप्रेस वाईफाई सेवा सञ्चालनका लागि सहकार्यको घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित भर्चुअल कार्यक्रम मार्फत कम्पनीद्वयले नेपालका ७ हजार ५०० सार्वजनिक स्थानहरुमा निःशुल्क एक्सप्रेस वाईफाई सेवा दिने गरी सहकार्यको घोषणा गरेका हुन् ।

उक्त सेवा बिहिबारबाटै लागू भएको इन्टरनेट प्रदायक कम्पनी वर्ड लिंकले जनाएको छ । तर उक्त सेवा सार्वजनिक स्थानमा मात्र उपलब्ध हुनेछ । वर्डलिंक मार्फत उपलब्ध गराइने यस्तो वाईफाई सेवा उपभोग गर्नका लागि प्रयोगकर्ताहरुले उपलब्ध स्थानमा मोबाइल नम्बर राख्नुपर्नेछ  र कोर्ड प्राप्त भएपछि रजिष्ट्रर गरेर वाईफाई सेवा उपभोग गर्न सकिने छ । यस्तो सेवा सञ्चालनका लागि फेसबुकले वर्ड लिंकलाई आवश्यक पूर्वाधार सेवा उपलब्ध गराउने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप