बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा ११.३४ अंकको गिरावट, २ अर्ब ९० करोड बढीको कारोबार

बिहीबार, २२ असोज २०७७, १५ : ५७
बिहीबार, २२ असोज २०७७

काठमाडौं । नेप्से सूचक बिहीबार ११.३४ अंकले घटेर १५८९.६३ विन्दुमा अडिएको छ ।१ सय ९३ कम्पनीको २ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ११ लाख ६४ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको हो । सबैभन्दा धेरै मल्टिप्रपोज फाइनान्सको भाउ १० प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, गोर्खाज फाइनान्सको भाउमा पनि सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै सिनर्जी पावरको भाउ ७.०८ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै अरुण काबेलीको १२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बिहीबार बजार सूचक केही दबाबमा परेको देखिन्छ ।  यसअघि बढेका अधिकांश सेयरहरुको मूल्यमा करेक्सन आएको छ । वाणिज्य बैंक समूह पनि दबाबमै परेको देखिन्छ । सबैभन्दा धेरै निर्जीवन समूह ७४.३१ अंकले घटेको छ । पछिल्लो समय उछाल आएको जलविद्युत कम्पनीमा साताको अन्तिम कारोबार (बिहिबार)मा भने ४४.५७ अंकले घटेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप