शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतद्वारा कैलालीमा विद्यालय भवन निर्माण

बिहीबार, २२ असोज २०७७, १५ : २४
बिहीबार, २२ असोज २०७७

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा कैलालीको टीकापुरमा एक विद्यालय भवन निर्माण सम्पन्न भएको छ। भारतको ३ करोड बढी आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको श्री सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरिएको छ ।

 काठमाडौं स्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधिहरुद्वारा संयुक्त रुपमा भवनको उद्घाटन सम्पन्न भएको हो ।

 ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत ११ वटा कक्षा कोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष, सभा कक्ष र सरसफाइ सुविधा सहितको उक्त दुई तल्ले विद्यालय भवनको निर्माण गरिएको हो । 

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ । 
सुदूरपश्चिममा २३ र कैलालीमा ६ वटा गरी भारतले हालसम्म नेपालमा ४२३ वटा सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको नेपालस्थित भारतीय दूतावासले जनाएको  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप