शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ

बिहीबार, २२ असोज २०७७, १४ : ३५
बिहीबार, २२ असोज २०७७

काठमाडौँ । सिरहा नवराजपुर गाउँपालिका–५ की मुर्तीदेवी यादवलाई बोक्सी आरोपमा कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका २० वर्षीय सन्तोष यादवलाई पक्राउ गरी मुद्दा चलाइएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।

२०७७ भदौ २७ गते मुर्तीदेवी यादवलाई मध्यराती घरबाट बोलाई सोही ठाउँका धर्मनाथ यादवको घरमा लगेर बोक्सी भन्दै ८ जनाले सामूहिक कुटपिट गरी घाइते बनाएका थिए । कुटपिट पश्चात फरार रहेका यादवलाई पीतिड महिलाको श्रीमान रामनारायण यादवको जाहेरीको आधारमा पक्राउ गरिएको सिंहले बताए ।

यादवलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले नेपाल भारत सीमा क्षेत्र सिरहाको ठाडीबाट पक्राउ गरिएको सिंहले जानकारी दिए । कुटपिटबाट पीडित मुर्तीदेवी यादवको २ वटा दाँत भाँच्चिएको थियो ।

घटनामा संलग्न कृष्ण यादव, धर्मनाथ यादवलगायत आरोपीहरु फरार छन् । फरार आरोपीहरुको खोजीकार्य भइरहेको सिरहा प्रहरीले जनाएको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप