शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

९ कक्षासम्म पढेका किरपाल बने प्रोफेसर, लेखे ३३ पुस्तक

बिहीबार, २२ असोज २०७७, १३ : ५७
बिहीबार, २२ असोज २०७७

प्रोफेसर किरपाल कजाक भारतमा मध्यमवर्गका कथाकार भनेर चिनिन्छन् । उनले २०१९ मा ‘साहित्य अकादमी अवार्ड’ जितेका थिए । तर, आफ्नो ज्ञान र अनुभवमार्फत धेरैलाई हौसला प्रदान गर्ने कजाकले ९ कक्षा पास गरेपछि औचापरिक शिक्षालाई निरन्तरता दिन पाएनन् । यसका बाबजुद आज उनी प्रोफेसर छन् । उनले ३३ वटा पुस्तक लेखिसकेका छन् । 

७७ वर्षीया कजाकको जन्म पाकिस्तानको शेखुपुरामा १९४३ मा एक गरिब परिवारमा भएको थियो । भारत–पाकिस्तान विभाजनपछि उनको परिवार पटियाला आयो । अरबी र फारसीमा राम्रो ज्ञान भएका उनका पिता राज मिस्त्रीको काम गथ्र्ये । 

उनले किरपाललाई पनि यही काम गर्न भनेका थिए, तर किरपाल मिस्त्रीको काममा सन्तुष्ट हुन सकेनन् । उनी ९ कक्षाको पढाइ सकेपछि घरबाट भागे । यसपछि  पाकेटमारहरुको संगतमा फसे, पाकेट मार्नकै लागि उनी मुम्बईदेखि आगरासम्म पुग्थे ।

झन्डै १० वर्षसम्म यस्तो सिलसिला चल्यो । यस अवधिमा उनले मानवीय सम्बन्धमा गरिबी कसरी हाबी हुन्छ भन्ने अनुभव गरे । यस्ता पक्षहरुलाई नजिकबाट देखेका किरपाल आफ्ना अनुभवहरुलाई निरन्तर कपीमा लेख्ने गर्थे। उनले लेखेको एउटा यस्तै कथा ट्रेनमा छुट्यो । 

संयोगवस्, त्यो कथा प्रसिद्ध लेखकसम्म पुग्यो । अनि ती लेखकले किरपालका बाबुलाई चिट्ठी लेखेर  किरपालसँग अभूतपूर्व प्रतिभा भएको महसुस गराए । 
१९७० मा बाबुको मृत्युपछि परिवारको जिम्मेवारी किरपालको काँधमा आयो, त्यसपछि उनले डकर्मी र मजदूरी पनि गरे । तर लेख्न छाडेनन् । 

एकपटक उनको भेट अमृता प्रितमसँग भयो, प्रितमकै सल्लाहमा उनले आफ्ना लेख र कथाहरुलाई पुस्तकको स्वरुप दिन थाले । त्यसपछि किरपाल कजाकका अभूतपूर्व रचनाहरु सबैले पढ्न पाए । 
त्यसपछि उनले पटियालाको प्रसिद्ध पञ्जावी विश्वविद्यालयले निकाल्ने ‘खोज’ पत्रिकामा लेख्न थाले । नौ कक्षा पास किरपाललाई उनको प्रतिभा देखेरै यस विश्वविद्यालयले प्रोफेसर नियुक्त ग¥यो । त्यसपछि किरपाल यही पत्रिकाको सम्पादक पनि बने । 

३३ भन्दा धेरै पुस्तक लेखिसकेका किरपाल किताब र कापीबाट मात्रै पढाई नहुने बताउँछन् । ‘जिन्दगीले जे सिकाउँछ वा अनुभव दिन्छ, त्यसभन्दा ठूलो पढाई केही होइन,’ उनी भन्छन् । उनी युवाहरुलाई कठिन परिश्रम गर्न सल्लाह दिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप