शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अवार्ड फिर्ता गर्नेबारे कंगनाको स्वरालाई जवाफः भनिन्, ‘म रामभक्त हुँ, यदि...’

बिहीबार, २२ असोज २०७७, १३ : २६
बिहीबार, २२ असोज २०७७

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानमा एम्सको मेडिकल बोर्डले अभिनेताले आत्महत्या गरेको स्पष्ट पारेको छ । यो विषयमा स्वरा भास्करले ट्वीट गरेकी छिन् र बलिउडकी चर्चित नायिका कंगना रनौतमाथि पनि कटाक्ष गरेकी छिन् । सोसल मिडियामा दिनभरी कंगना रनौता अवार्ड फिर्ता गर ह्याशट्याग ट्रेन्ड भइरह्यो । पछि कंगनाले पनि यो मुद्दामा जवाफ फर्र्काएकी छिन् ।

स्वरा भास्करले बुधबार दिउँसो कंगनामाथि तिखो टिप्पणी गरेकी थिइन् । स्वराले भनेकी थिइन्, ‘अब सिबिआई र एम्सले सुशान्तको मृत्युको कारण आत्महत्या बताएको छ । केही मानिसहरुले त अवार्ड फिर्ता गर्ने तयारीमा थिए नि ?’

कंगनाको बयानः

तनु वेड्स मनुमा कंगनासँग काम गरिसकेकी स्वराले उनीमाथि कटाक्ष गरिन् । त्यसपछि कंगनाले पनि स्वराको ट्वीट्सको प्रतिक्रिया दिएका छन् । कंगनाले भनेकी छिन्, ‘यदि मैले एउटा पनि गलत आरोप लगाएको भए, म सबै पुरस्कार फिर्ता गर्नेछु । यो एक क्षेत्रीको बचन हो । ’ कंगनाले आफ्नो अन्तरवार्ता सेयर गर्दै लेखेकी छिन्, ‘यो मेरो अन्तरवार्ता हो, यदि तपाईंको स्मरणशक्ति कमजोर छ भने यसलाई फेरि हेर्नुहोस् । यदि मैले एउटा पनि गलत आरोप लगाएकी छु भने म आफ्नो सबै पुरस्कार फिर्ता गर्नेछु, यो एउटा क्षेत्रीको बचन हो । म भगवान रामकी भक्त हुँ । प्राण जाला तर वचन जाँदैन । जय श्री राम ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप