ट्रम्पमा पछिल्लो २४ घण्टादेखि भाइरसको कुनै लक्षण छैनः डाक्टर
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका डाक्टरले उनलाई पछिल्लो २४ घण्टामा कोभिडको कुनै पनि लक्षण नदेखिएको र पछिल्लो चार दिनेदेखि ज्वरो पनि नआएको जानकारी दिएका छन् ।
डाक्टर सीन कानलेले राष्ट्रपतिलाई शुक्रबार अस्पताल लगेपछि अतिरिक्त अक्सिजनाको आवश्यकता नपरेको बताएका छन् । उनलाई सोमबार अस्पतालबाट छुट्टी दिइएको थियो ।
ट्रम्पले भने, ‘उनी निकै राम्रो महसुस गरिरहेका छन् र ह्वाइट हाउसका अनुसार उनी कामका लागि ओभल अफिस आउन थालेका छन् ।’
यो खबर यस्तो समयमा आएको हो जब महत्वपूर्ण ‘भाइस प्रेसिडेन्सियल डिबेट’ हुने तयारीमा छ ।
बुधबारको डिबेट माइक पेन्स र कमला ह्यारिसबीच हुँदैछ । यो डिबेटमा सबैको नजर टिकेको छ ।
डोनल्ड ट्रम्प र उनका डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाइडनबीच २९ सेप्टेम्बरमा भएको पहिलो प्रेसिडेन्सियल टिभी डिबेट चर्चामा रह्यो । त्यसमा नीतिमाथि कम कुरा भयो भने एक–अर्काबीच आरोप–प्रत्यारोप र अपमान गर्ने काम बढी भयो । राष्ट्रपति चुनाव ३ नोभेम्बरमा हुँदैछ ।
ताजा स्वास्थ्य रिपोर्टमा के छ ?
डा. कनलेको रिपोर्टमा भनिएको छ, ‘ट्रम्पको शारीरिक परीक्षण सामान्य रह्यो र अक्सिजन सेचुरेशन र रेस्पिरेटरी रेट स्थिर छ ।’
रिपोर्टमा भनिएको छ, ‘अक्टोबर ५ मा उनको शरीरमा सार्स–कोव–२ आइजीजी एन्टिबडी भेटियो ।’
उनले भने, ‘हामीले उनको स्वास्थ्यमाथि निकट निगरानी गरिरहेका छौं, थप केही जानकारी प्राप्त भए तपाईंहरुलाई जानकारी दिनेछु ।’
राष्ट्रपति ट्रम्प अस्पतालबाट फर्किएपछि र उनका थप एक निकटका सहयोगीलाई कोभिड–१९ भएको खबर आएपछि ह्वाइट हाउसमा नयाँ सरक्षा उपाय अपनाइएका छन् ।
राष्ट्रपति ट्रम्प बुधबार दिउँसो ओभल अफिस पुगे, जहाँ उनलाई अधिकारीका अनुसार मेक्सिकोको खाडीमा डेल्टा आँधी र अर्थव्यवस्थाका लागि प्रोत्साहन प्याकेजमा डेमोक्रेट्ससँग ताजा कुराकानीको जानकारी दिइयो ।
अस्पतालबाट फर्किएपछि ट्रम्प घरबाट काम गर्नुको साटो ओवल अफिस गइरहेका छछन् । साथै देशको नाममा सम्बोधन र चुनाव अभियान पुनः सुरु गर्नेमाथि जोड दिइरहेका छन् र
यद्यपि, उनका धेरैजसो सहयोगी र कर्मचारीका सदस्य सेल्फ–आइसोलेशनमा छन् ।
यसअघि चफ अफ स्टाफ मार्क मिडोजले ट्रम्पलाई भेट्ने हरेक व्यक्तिले ‘फूल पिपिई, मास्क, चस्मा लगाउने’ बताएका थिए ।
खबरका अनुसार ह्वाइट हाउसमा अब धेरै मानिसहरुले मास्क लगाइरहेको देख्न सकिन्छ । ट्रम्पलाई संक्रमण हुनुअघि मास्कलाई खासै महत्व नदिएका कारण विरोधीले ह्वाइट हाउसको आलोचना गरेका थिए ।
यद्यपि, राष्ट्रपति ट्रम्पलाई भेट्नेहरु थुप्रै मानिसहरुको रिपोर्ट पोजेटिभ आएको खबर प्राप्त भएतापनि ह्वाइट हाउसमा कूल कतिजन भाइरसको चपेटमा आएका छन् भन्ने यकिन जानकारी थाहा छैन ।
ह्वाइट हाउसमा कम्तिमा ९ कर्मचारीको परीक्षण पोजेटिभ आएको छ तर यो आँकडा अझै बढी हुनसक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
-
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ
-
कृष्ण सेन ‘इच्छुक’का तीन कविता
-
काठमाडौँमा तीनसहित पाँच जना मृतावस्थामा फेला
-
ओली सरकार एक रातमै ढल्न सक्छ : विप्लव