सरकारी कार्यालयमा ‘ट्राफिक नियम’
ट्राफिक प्रहरीले उपत्यकाका सरकारी कार्यालयमा ‘ट्राफिक सचेतना’ सम्बन्धि होर्डिङ बोर्ड राख्न शुरु गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक नियम सम्बन्धि मुख्य, मुख्य व्यावहारिक र जीवनउपयोगी बुँदा राखेर तयार गरिएको होर्डिङ बोर्ड राख्न शुरु गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सरकारी कार्यालयमा होर्डिङ बोर्ड राख्न शुरु गरिएको जानकारी दिए ।
“चालकलाई आफ्नो जिम्मेवारीप्रति बोध गराई सडक सभ्यतालाई जीवन पद्धतीको रुपमा विकास गर्न यो अभियान शुरु गरिएको हो”, उनले भने । ट्राफिक व्यवस्थापनका लागि सडक पूर्वाधार, कानून कार्यान्वयन र सडक सचेतना आवश्यक रहेको उनको भनाइ थियो ।
महाशाखाले उपत्यकाका मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताललगायतका क्षेत्रमा उक्त होर्डिङ बोर्ड राखेको हो ।
सवारी चालक र सडक प्रयोगकर्ताले पालना गर्नुपर्ने ट्राफिक नियमहरु जानकारी हुँदा जिम्मेवार नागरिक भई सडकमा प्रस्तुत हुने र त्यसबाट सडक सभ्यताको विकास भई ट्राफिक व्यवस्थापनमा सहयोग हुने महाशाखाले जनाएको छ । महाशाखाले उपत्यकाका विभिन्न कार्यालयमा ४०० होर्डिङ बोर्ड राख्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा