मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गर्ने शिक्षक पक्राउ

बुधबार, २१ असोज २०७७, १९ : ३६
बुधबार, २१ असोज २०७७

काठमाडौँ । दाङमा सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गर्ने एक शिक्षक पक्राउ परेका छन् । घोराहीमा रहेको सिद्धार्थ एकाडेमीमा कार्यरत शिक्षक शिवकुमार राना विद्यालयमा कार्यरत सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गरेको आरोपमा पक्राउ परेका हुन् । 

आरोपित शिक्षकले पटक–पटक सहकर्मी महिला शिक्षकलाई गलत नियतले विभिन्न किसिमका अश्लिल क्रियाकलाप गर्ने गरेपछि ति शिक्षिकाले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । 

शिक्षिकालाई दुव्र्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा समेत भाइरल भएको छ । भिडिओ भाइरल भएपछि घटना सार्वजनिक भएको प्रहरीको दावी छ । 

पिडित शिक्षिकाको मौखिक उजुरीको आधारमा रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० तथा प्रवक्ता सुमित खड्काले जानकारी दिए । 

उनले अदालतबाट यौन दुर्व्यवहार गएमा बढि सजाय हुने र प्रहरीले पनि अभद्र व्यवहार मुद्दा चलाउनसक्ने भएकाले पीडितले कुन मुद्दामा जाहेरी दिन्छिन् सोहि आधारमा मुद्दा चलाइने खड्काले बताए । अभद्र व्यवहारमा पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेकोे खड्काको भनाइ छ । 

मुलुकी अपराधसंहिताले नै सार्वजनिक स्थलमा यौनाङ्ग देखाउन नहुने सम्बन्धी स्पष्ट कानुनी व्यवस्था गरेको छ । त्यस्तो कार्य गर्नेलाई ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । 

संहिताको परिच्छेद ५, दफा १२२ मा ‘१० वर्षभन्दामाथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लिल क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लिल शब्द बोल्न वा इशारा गर्नहुँदैन’ भन्ने व्यवस्था छ । 

सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नेलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । 

अश्लिल हर्कत गरेको आरोपमा शिक्षक रानालाई विद्यालयले निष्काशन गरेको छ । विद्यालयले आज एक विज्ञप्ति जारी गरी घटनामा संलग्न भएको आरोप लागेका शिक्षकलाई निष्कासन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप