शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पताल बनाउन स्थानीय तहलाई बजेट निकासा

बुधबार, २१ असोज २०७७, १९ : ३४
बुधबार, २१ असोज २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल बनाउनका लागि स्थानीय तहलाई बजेट पठाएको छ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा २६४ स्थानीय तहलाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि बजेट पठाइसकेको हो । 

ती स्थानीय तहका स्वास्थ संस्थालाई स्तरोन्नति गरी अस्पताल बनाउनका लागि बजेट पठाइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । पाँच शैय्याको अस्पतालका लागि रु ७० लाख, १० शैय्याको लागि रु ८५ लाख र १५ शैय्याको लागि रु एक करोड पठाइसकेको छ । 

मन्त्रालयले पाँच शैय्याका लागि ५२ स्थानीय तह, १० शैय्याका लागि १०५ स्थानीय तह र १५ शैय्याका लागि १०७ स्थानीय तहलाई अस्पताल बनाउनका लागि रकम पठाएको हो । यसरी दुई हजार ९१५ शैय्याका अस्पताल बन्ने छन् । 

मन्त्रालयले प्रचलित कानून, स्वीकृत मापदण्ड, निर्देशिका र भवन आचारसंहिताअनुसार यही कात्र्तिक मसान्तसम्म निर्माण कार्य प्रारम्भ गर्न समेत निर्देशक दिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।

यस्तै मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच शैय्याका दरले अस्पताल बनाउन बजेट पठाइसकेको छ । कोरोना भाइरस ९कोभिड—१९०को रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले अस्पताल नभएका स्थानीय तहलाई पाँच शैय्याको अस्पताल बनाउन निर्देशन दिएको थियो । 

पाँच शैय्याका दरले ति स्थानीय तहमा तीन हजार २४५ शैय्याका अस्पताल बन्नेछन् । अस्पताल निर्माणका लागि प्रतिशैय्या रु दुई लाखका दरले बजेट विनियोजन गरी पठाइसकेको छ । ती अस्पतालमा एक जना चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप