कुमारी बैंकको निःशुल्क पिसिआर परीक्षण क्याम्प
बुधबार, २१ असोज २०७७, १७ : ४२

काठमाडौं । कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९ को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प आयोजना गरेको छ । उक्त क्याम्प असोज १९ गते काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखा तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको जानकारी बैंकले दिएको छ ।
क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पिसिआर परीक्षण गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराइएको छ । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी श्री सुरेन्द्र भण्डारी भन्छन्, “आगामी दिनहरूमा पनि यस्तो विषम परिस्थिति सिर्जना भई हामीले पुनः निःशुल्क क्याम्प आयोजना गर्नुपरेमा हामी दत्तचित्त भई लागी पर्नेछौं ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाशिवरात्रिमा भगवान् पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ’
-
तीनपटक आयोजक, दुईपटक फाइनलमा तर, सधैँ अभागी
-
म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प
-
सोफीको शानदार प्रदर्शन, सुपर ओभरमा स्तब्ध बन्यो बैंगलुरु
-
क्रिकेटर दीपेन्द्रसिंह ऐरी एनएसएल फुटबलमा धनगढी एफसीको सद्भावनादूत नियुक्त
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण