शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बुबाको हत्या अभियोगमा एक युवक पक्राउ

बुधबार, २१ असोज २०७७, १६ : ५३
बुधबार, २१ असोज २०७७

गुल्मी । गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका –४ दोहोलीका २८ वर्षीय अनिल बस्नेत मङ्गलबार साँझ पक्राउ परेका  हुन् ।  जिल्ला प्रहरी कार्यालयले इस्मा – १ हर्पुकोटस्थित आफन्तका घरबाट बस्नेतलाई पक्राउ गरेको हो । उनले गत आइतबार ६० वर्षीय  बुबा दिलबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको उपचारका लागि बुटबल लैजाँदै गर्दा बाटामै ज्यान गएको थियो । 

बुबाको हत्या गरेर फरार अनिलको खोजी गर्नेक्रममा सुराकीका आधारमा फुपू दिदीका घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिए । अनीलले अपराध स्वीकार गरिसकेको बताइएको छ । अहिले उनी प्रहरी हिरासतमै रहेको र कानूनी प्रक्रिया पुर्याएर कारागार चलान गरिने पन्थले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप