शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बामदेवको मुद्दाको सुनुवाई स्थगित

बुधबार, २१ असोज २०७७, १४ : ०६
बुधबार, २१ असोज २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धी सर्वोच्च अदालतमा चलिरहेको रिटमाथिको सुनुवाई स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको पूर्ण इजलासमा उपाध्यक्ष गौतमसँग सम्बन्धित रिटमाथि चलिरहेको सुनुवाई कोरोना महामारीका कारण स्थगित भएको हो ।  

सर्वोच्चका न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पछिल्ला ३ दिनदेखि अदालतको सेवा प्रभावित हुँदै आएको छ । यसअघि असोज १४ गते सुनुवाइ भएको गौतमको रिट हेर्दाहेर्दैमा राखेर असोज १६ गते सुनुवाई भएको थियो । 

गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य नियुक्त गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले रिट दायर गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप