बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपालमै पहिलो पटक व्यवस्थित र अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स एनबीटीसी’ सञ्चालनमा

बुधबार, २१ असोज २०७७, १३ : ३१
बुधबार, २१ असोज २०७७

काठमाडौं । नेपालमै पहिलो व्यवस्थित र अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स एनबीटीसी अर्थात नेशनल विजनेश ट्रेड सेन्टर काठमाडौंको कलंकीमा संचालनमा आएको छ । ग्राहकले काठमाडौंको विभिन्न स्थानमा सामान किनमेल गर्दा आइपर्ने विभिन्न झमेलाहरुको समाधान गर्ने उद्धेश्यले यो कोरोना महामारीको विचमा पनि कम्प्लेक्स सञ्चालनमा ल्याएको एनबीटीसीले  जनाएको छ ।

ग्राहक र व्यवसायीहरुबीच ५ वर्षसम्म अनुसन्धान गरी त्यसको निष्कर्शका आधारमा सहकारी अवधारणा अनुरुप यस अत्याधुनिक र सुविधासम्पन्न विजनेश कम्प्लेक्स निर्माण गरिएको हो । यसमा मध्यम वर्गिय व्यापारीहरुको विविध समस्याको समाधान गर्ने उद्धेश्यका साथ यस नेशनल विजनेश ट्रेड सेन्टरको अवधारणा अघि बढाइएको एनबीटीसीका अध्यक्ष नरेन्द्र बज्राचार्यले बताए ।

उनका अनुसार काठमाडौंको कलंकी र बल्खुको बीचमा भाटभटेनीको नजिकै रहेको यस विजनेश कम्प्लेक्समा निर्धक्क किनमेल गर्न सकिने गरी पर्याप्त खुल्ला ठाउँ, पार्किङ, सुरक्षा व्यवस्थापन र व्यवस्थित ट्रान्सपोटेशनको सुविधा रहेको छ । यस कम्प्लेक्समा एउटै छानामूनि करिव ९ सय वटा पसल सटरहरु रहेका छन् ।

उनले भने,‘कम्प्लेक्समा गुणस्तरीय सामान सर्वसुलभ मुल्यमा उपलब्ध गराउने उद्देश्यले विजनेश कम्प्लेक्समा महिला र पुरुष दुवैका लागि आवश्यक रेडिमेड लत्ताकपडा, जुत्ता चप्पल, व्याग, कुर्ता सलवार, क्याप, पर्स, बेल्ट, अन्डर गार्मेन्ट, टावेल, ब्लयाङकेट, कस्मेटिक्स, गिप्mट आइटम इत्यादि सामानहरु एउटै छानामूनि सरल र सुलभदरमा खरिद गर्न सकिने छ ।’

नेशनल विजनेश ट्रेड सेन्टर एनबिटीसी मिलाल्याण्ड डेम्लप्मेन्ट प्रालिद्धारा प्रवद्र्धित रहेका छ । यो कम्प्लेक्स करिव २२ रोपनीमा फैलिएको हुँदा पर्याप्त खुला ठाउँहरु रहेका छन । जसले गर्दा पर्याप्त भौतिक दुरी कायम हुनेछ । पर्याप्त खुला ठाउ भएकाले आगलागी, भुकम्प जस्ता दैवी पकोपबाट हुने घटनाको जोखिम पनि कम हुन्छ । र, हालै मात्र महामारीको रुपमा फैलिएको कोभिड १९ को सुरक्षा दुरी अपनाउन सकिने वातावरण रहेको छ ।

नेपालमा होलसेलका लागि यति ठूलो बजार पहिलो पटक खुलेको हो । करिव ५ लाख २३ हजार वर्ग फिट क्षेत्रफलमा निर्मित यस अत्याधुनिक विजनेश कम्प्लेक्समा सिसि क्यामेरासहितको भरपर्दाे सुरक्षा व्यवस्था रहेको छ ।

आधुनिक कन्सेप्टमा निर्मित यस बिजनेश कम्प्लेक्समा बालकदेखि बृद्ध समेतलाई सामान खरिदका क्रममा थकावट महशुस नहोस् भनि ग्राहक स्वास्थ्यलाई समेत ध्यानमा राखी अत्याधुनिक उपकरण तथा सेवासुविधाहरु जडान गरिएका छन् । यस बिजनेश कम्प्लेक्समा सामानको ओसारपसार र मानिसहरुको आवतजावतका लागि छुट्टाछुट्टै स्कालेटर र लिप्mटहरु जडान गरिएका छन् । यस होलसेल विजनेश कम्प्लेक्समा २६ वटा अत्याधुनिक स्कालेटर, ४ वटा सामान ढुवानी गर्ने कार्गाे लिप्mट र ३ वटा ग्लास लिप्mट जडान गरीको एनबिटिसीले जनाएको छ ।

थर्ड जेनेरेशनलाई टार्गेट गरी संचालनमा ल्याइएको यस विशेष  कम्प्लेक्समा ३ वटा सिनेमा हल, करिव १० हजार स्वायर फिटका फुड कोर्ट, ६८ हजार स्वाक्यर फिटको कर्पाेरेट अफिसलगायतका पूर्वाधारहरु निर्माणका क्रममा रहेको बज्राचार्यले जनाएका छन् । 

देशका ७७ वटै जिल्लालाई सहुलियत गर्ने उद्धेश्यले संचालनमा आएको यस होलसेल बिजनेश कम्प्लेक्सले ग्राहक र व्यापारीबीच गहिरो सम्वन्ध स्थापित गर्ने उद्देश्य लिएको छ । सोही बमोजिम यस कम्प्लेक्सले सबै प्रकारका प्रडक्टलाई समेटेर ग्राहकमैत्री आकर्षक योजनाहरु ल्याउने तयारी गरिरहेको छ ।

यस्तै यस कम्प्लेक्समा खरिद गरिएको सामानहरु जिल्लाबाहिर लैजानु पर्याे भने पनि त्यसका लागि सर्वसुलभ मूल्यमा ढुवानीको व्यवस्था गरिएको छ । निकट भविष्यमा शपिङ कार्डको सुविधा उपयोग गरी सुलभ र सरल तरिकाले सामान खरिद विक्रि गर्न सकिने योजना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप