केन्द्रीय संस्करण

प्रेम सम्बन्ध कमजोर कति कमजोर बन्दैछ, यी संकेतबाट बुझ्नुस्

person explore access_timeअसोज २१, २०७७ chat_bubble_outline0

कुनै पनि सम्बन्ध प्रेम र विश्वासमा टिक्छ । पति र पत्नीमा पनि यो लागू हुन्छन् । जब आपसी प्रेम, आफ्नोपन र सम्मान रहन्छ, तब दम्पत्तीको सम्बन्धमा चमक कायम रहिरहन्छ । सम्बन्धमा आएपछि जब दम्पत्तीले लामो समय बिताउँछन्, तब समस्याहरु पनि सुरु हुन्छन् । कुनै समय त पार्टनरका केही बानीहरुबाट मानिस चिढिन थाल्छन् । यदी यस्तो समय सम्हालिन सकिएन भने सम्बन्ध टुट्ने दिशामा जानसक्छ । तपाईँले समय छँदै आफ्नो सम्बन्धमा कम भइरहेको प्रेमको संकेत बुझेर त्यसलाई सुल्झाउन केही उपाय लगाउन सक्नुहुन्छ । 

कम्युनिकेसन ग्याप 
लामो समय बिताएपछि धेरै जोडीहरुबीच सञ्चारको ग्याप बढ्न थाल्छ । सम्बन्धमा दरार आउनुको यो महत्वपूर्ण कारण हो । तपाईँ  र तपाईँको पार्टनरबीच समय–समयमा कुराकानी हुनुपर्छ । जब तपाईहरु दुबैले आफ्नो कुराकानी शेयर गर्न बन्द गर्नुहुन्छ, तब सम्बन्धमा यसको असर दखिन्छ । जब यस्तो स्थिती देखिन थाल्छ, तब यसलाई टाढा गर्नका लागि आफ्नो पार्टनरसँग खुलेर कुरा गर्नुस् । 

पार्टनरको ख्याल नराख्नु
आम रुपमा सम्बन्धको सुरुवाती चरणमा हरेक पार्टनरले आफ्नो साथीको राम्रो ख्याल राख्छन् । तर, कहिलेकाहिँ यस्तो हुन्छ कि काामकाजको भागदौडमा उसले तपाईँप्रति ध्यान राख्न सक्दैन र यसमा चिन्ता लिनुपर्ने कुनै कारण छैन । तर केही मौकामा तपाईले आवश्यकताको समय आफ्नो पार्टनरको रवैया पहिलेजस्तो केयरिङ नभएको पाउनुभयो भने यसतर्फ ध्यान दिनु जरुरी छ ।
 उनको जिन्दगीमा तपाईँको महत्व कम भइरहेको हुनसक्छ र यस कुरालाई समय रहँदै बुझेर थप निकटता बढाउनका लागि आफ्नो तरिकाले प्रयास गर्नुस् । 

भावनात्मक लगाव कम हुनु 
सम्बन्धमा जब एकअर्काका लागि भावनात्मक लगाव कम हुन थाल्छ, तब सम्बन्ध निराश हुनथाल्छ । यस्तो सम्बन्धमा मानिसले आफ्नो पार्टनरको वास्ता नै गर्दैनन् । मानिसहरु त्यतिबेला आफ्ना पार्टनरसँग टाढा हुन थाल्छन्, जब सम्बन्धमा प्रेम खतम हुनथाल्छ । तपाईँ आफ्नो पार्टनरसँग भावनात्मक रुपमा टाढा त हुनु भएको छैन ? यसबारे ध्यान दिनुस् अनि बढ्दो दूरीको कारण पनि खोज्नुस् । 

प्रेम दर्शाउन बिर्सनु
मानिसहरु जब सम्बन्धमा व्यवहारिक हुन थाल्छन्, तब उनीहरुको आफ्ना भावनाहरुलाई व्यक्त गर्न समयको बर्बादी हो भन्ने ठान्छन् । सम्बन्ध एउटा बिरुवा जस्तै हो, जसलाई समय–समयमा आफ्नोपन र प्रेम मिल्यो भने भविष्यमा आउने संकटहरुबाट बच्नका लागि यो तयार हुन्छ । प्रायजसो जोडीहरुले सुरुवातमा एकअर्काप्रति खुबै लगाव देखाउँछ, तर अगाडि बढेपछि उनीहरुको आफ्नो मनमा लुकेका भावनाहरुलाई दर्शाउन भुल्छन् । यस्तो बानीले सम्बन्धलाई कमजोर बनाउन थाल्छ । समय रहदैं, तपाई स–सनो तयारीले देखाउनुस कि तपाईँको मनमा आफ्नो पार्टनरका लागि कति धेरै माया छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.