शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा जनरल इन्सुरेन्सको आइपिओ खुल्यो

बुधबार, २१ असोज २०७७, ११ : ५३
बुधबार, २१ असोज २०७७

सानिमा जनरल इन्सुरेन्सको आइपीओ आजबाट ( असोज २१ गते)  बिक्री खुला भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

कुल ३० लाख कित्तामध्ये ४ प्रतिशत (१ लाख २० हजार कित्ता) सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको छ भने  ५ प्रतिशत (१ लाख ५० हजार कित्ता) म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन ।

यस आइपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा बिक्री नभएमा कात्तिक ६ गतेसम्म बिक्री खुला हुनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ । लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन । यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था  अर्थात औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप